© २०२३
१२ भदौ, काठमाडौं ।
सरकारले सामाजिक सञ्जालको दुरुपयोग रोक्न सशक्त कदम चालेको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सूचना जारी गर्दै नेपालमा सञ्चालन भइरहेका सबै सामाजिक सञ्जाल प्लेटफर्मलाई सात दिनभित्र सम्पर्क व्यक्ति विवरण बुझाउन निर्देशन दिएको हो ।
सर्वोच्च अदालतको आदेश र मन्त्रिपरिषदको निर्णयअनुसार जारी सूचनामा, प्लेटफर्महरूले नाम, ठेगाना, इमेल र फोन नम्बरसहित सम्पर्क व्यक्तिको विवरण सूचना प्रविधि विभाग, सिंहदरबारमा बुझाउन भनिएको छ ।
यदि सामाजिक सञ्जाल प्लेटफर्मले तोकिएको समयावधिभित्र आवश्यक सम्पर्क विवरण उपलब्ध नगराएमा, नेपाल दूरसञ्चार प्राधिकरणमार्फत आवश्यक प्रविधि प्रयोग गरी ती प्लेटफर्मको पहुँच नियन्त्रण गरिने मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले ‘सामाजिक सञ्जालको प्रयोग व्यवस्थापन निर्देशिका, २०८०’ को पूर्ण पालना अनिवार्य भएको पनि स्पष्ट पारेको छ ।
यो सूचनाको कार्यान्वयनपछि नेपालमा सञ्चालन भइरहेका फेसबुक, टिकटक, युट्युब, ट्विटर, इन्स्टाग्राम लगायतका सञ्जाल अब सजग बन्नुपर्ने भएको छ।
