Butwal Today

जर्मनमा अब स्वैच्छिक रूपमा सेनामा भर्ना हुन पाइने

१२ भाद्र २०८२, बिहीबार
अ+
अ-

बर्लिन, १२ भदौ ।

जर्मन संसद्ले स्वैच्छिक सैन्य सेवा विधेयक पारित गरेको छ ।

यो विधेयक पारित भएपछि जनताले आफ्नो इच्छाअनुसार सेनामा काम गर्न पाउनेछन् । रुसबाट सुरक्षा खतरा महसुस गर्दै यो जर्मन संसद्ले यो विधेयक पारित गरेको हो ।

विधेयकमा उल्लेख नियमअनुसार १८ वर्ष वा सोभन्दा माथिका युवाले क्षमताअनुसार सेनाको फारम भरेर ६ महिनाको तालिम लिन सक्नेछन्  ।

जर्मनीका रक्षा मन्त्री बोरिस् पिस्टोरियसले यस योजना अन्तर्गत रिजर्भ सैनिकको सङ्ख्या दोब्बर हुने बताएका छन् । यीमध्ये केही युवालाई सेनामा पनि जागिर दिइने छ ।

जर्मनीमा हाल १ लाख रिजर्भ सैनिक छन् । रक्षा मन्त्रीले सन् २०३० सम्ममा सेवामा रहेका सैनिकको सङ्ख्या १ लाख ८० हजारबाट २ लाख ६० हजार पु¥याउन चाहेको बताए । र, उनले भने, ‘यो विधेयक पारित भए पछि जर्मनीको सुरक्षा बलियो बनाउन सकिन्छ।’

तर, जर्मन चान्सलर फ्रेडरिक मर्ज भने यस विधेयकबाट खुसी छैनन्। मर्जले जर्मनीमा भर्तीको पुनः परिचयको वकालत गरिरहेका छन्।