© २०२३
बुटवल, १२ भदौ ।
बुटवल उद्योग वाणिज्य सङ्घ रूपन्देहीको ७२ औँ वार्षिक साधारण सभा आगामी असोज २७ गते गर्ने निर्णय गरिएको सङ्घका महासचिव मुक्तिप्रसाद अधिकारीले जानकारी दिए ।
साधारण सभामा सहभागी सदस्यहरूलाई वितरण गर्ने किट ब्याग व्यवस्थापनका लागि कार्यसमिति सदस्य जगन्नाथ न्यौपाने, खाना तथा खाजा व्यवस्थापनका लागि कार्यसमिति सदस्य उमेश अमात्य र स्वागत तथा सत्कारका लागि कार्यसमिति सदस्य रेनु श्रेष्ठलाई संयोजकको जिम्मेवारी प्रदान गरिएको सङ्घका अध्यक्ष हरिप्रसाद अर्यालले बताए ।
त्यसै गरी मत सर्वेक्षणका लागि कार्यसमिति सदस्य सुनिता शर्मा बन्जाडे, प्रस्ताव लेखनमा कार्यसमिति सदस्य कृष्णप्रसाद पाण्डे, मञ्च तथा हल व्यवस्थापनका लागि कार्यसमिति सदस्य निर्मित कसजू, निमन्त्रणा कार्ड व्यवस्थापनका लागि कार्यसमिति सदस्य काशिराम शर्मा पौडेल, पार्किङ व्यवस्थापनको लागि कार्यसमिति सदस्य टिकाराम बन्जाडे र सौजन्य तथा सहयोग व्यवस्थापनको लागि कार्यसमिति सदस्य गणेशप्रसाद भट्टराईलाई संयोजकको जिम्मेवारी प्रदान गरिएको हो ।