© २०२३
काठमान्डौ, ११ भदौ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनका ६ लाख विद्यार्थीहरुलाई अमेरिका प्रवेश दिने घोषणा गर्दै दुई देशबीचको सम्बन्ध अझ बलियो हुने विश्वास व्यक्त गरेका छन् ।
फक्सन्यूजका अनुसार, राष्ट्रपति ट्रम्पले अमेरिका-चीन भन्सार शुल्कसम्बन्धी वार्ताका क्रममा चिनियाँ विद्यार्थीहरूका लागि अमेरिकी भिसा नदिने अफवाह पूर्णतः असत्य भएको प्रस्ट पारेका हुन् ।
अहिले दुई लाख ७० हजार चिनियाँ विद्यार्थी अमेरिकामा अध्ययन गरिरहेका छन् ।
यसअघि, गएको मे महिनामा अमेरिकी विदेशमन्त्री मार्को रुबियोले चिनियाँ कम्युनिस्ट पार्टीमा आबद्ध वा संवेदनशील अनुसन्धानमा संलग्न चिनियाँ नागरिकहरूलाई भिसा नदिने प्रस्ताव ल्याएका थिए । तर ट्रम्पले चीनका विद्यार्थीलाई स्वागत गर्ने पक्षमा आफू सधैं रहेको बताएका छन् ।
उनले वर्तमान बाइडेन प्रशासनको तुलनामा चीनसँगको आर्थिक सम्बन्ध आफ्नो कार्यकालमा अझ मजबुत भएको दाबी गर्दै आगामी दिनहरूमा दुवै देशबीच शैक्षिक आदानप्रदान र आर्थिक साझेदारी विस्तार हुने विश्वास पनि व्यक्त गरेका छन् ।