Butwal Today

रविको निवेदनमाथि सुनुवाइ सम्पन्न, आदेश केहीबेरमै

११ भाद्र २०८२, बुधबार
अ+
अ-

काठमाडौँ, ११ भदौ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)  का सभापति रवि लामिछानेको सहकारी ठगीसम्बन्धी मुद्दामा उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा सुनुवाइ सकिएको छ । न्यायाधीश सागर विष्टको इजलासमा लामिछानेद्वारा दायर निवेदनमाथि आज सुनुवाइ गरिएको हो ।

सभापति लामिछानेले सहकारी ठगी प्रकरणमा आफूले बिगो बुझाएको जनाउँदै रिहाइको मागसहित उच्च अदालतमा निवेदन दिएका थिए । यसअघि उनले सोही निवेदन रुपन्देही जिल्ला अदालतमा दर्ता गरेका थिए । तर, जिल्ला अदालतले ‘माग बमोजिम नहुने’ आदेश दिएको थियो ।

जिल्ला अदालतको उक्त निर्णयपछि लामिछाने उच्च अदालतमा पुनरावलोकनका लागि पुगेका हुन् । अब केहीबेरमै अदालतले निवेदनसम्बन्धी निर्णय सुनाउने तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?