© २०२३
काठमाडौँ, ११ भदौ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सहकारी ठगीसम्बन्धी मुद्दामा उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा सुनुवाइ सकिएको छ । न्यायाधीश सागर विष्टको इजलासमा लामिछानेद्वारा दायर निवेदनमाथि आज सुनुवाइ गरिएको हो ।
सभापति लामिछानेले सहकारी ठगी प्रकरणमा आफूले बिगो बुझाएको जनाउँदै रिहाइको मागसहित उच्च अदालतमा निवेदन दिएका थिए । यसअघि उनले सोही निवेदन रुपन्देही जिल्ला अदालतमा दर्ता गरेका थिए । तर, जिल्ला अदालतले ‘माग बमोजिम नहुने’ आदेश दिएको थियो ।
जिल्ला अदालतको उक्त निर्णयपछि लामिछाने उच्च अदालतमा पुनरावलोकनका लागि पुगेका हुन् । अब केहीबेरमै अदालतले निवेदनसम्बन्धी निर्णय सुनाउने तयारी गरेको छ ।