ट्रेंडिंग:

>> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट >> बाली बिमाप्रति किसानको आकर्षण बढ्दो, ९० प्रतिशतसम्म क्षति वहन >> नेतृत्व चयनका लागि एमालेले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने >> अध्यक्ष कार्की भन्छन् : सरकारले अनुमति दिए विदेशमा बिजुली बेच्न तयार छौँ >> मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि दलहरुबिच रस्साकस्सी >> पोखरालाई काठमाडौंले दियो १६६ रनको लक्ष्य >> भारतले नेपालमा ठूला भारु नोट प्रयोगमाथिको प्रतिबन्ध हटाउँदै >> प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान >> “फूलको माला” नयॉ रत्यौली गीत सार्वजनिक (भिडियोसहित)  >> ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ सार्वजनिक गर्ने अध्यागमनको तयारी >> श्री पालु सिद्ध प्राथमिक विद्यालयमा अक्षयकोष स्थापना >> एमाले महाधिवेशन : उद्घाटन सत्रमा १० हजार स्वयंसेवक खटाइने >> आज पनि घट्यो सुनचाँदीको मूल्य >> सामाजिक सञ्जाललाई माध्यम बनाएर यौन दुर्व्यवहार बढ्दै >> महिला टी-२० विश्वकप छनोट खेल्ने प्रारम्भिक टोली घोषणा >> शेरबहादुर तामाङ केपी ओली टिमबाट उपमहासचिवमा उठ्ने >> काठमाडौंले पोखराविरुद्ध पहिले ब्याटिङ गर्दै >> सरकारी कार्यालयमा प्रदेशकै काठ प्रयोग गर्ने लुम्बिनी प्रदेश सरकारको नीति  >> यसवर्षको हिउँदमा सरदरभन्दा कम वर्षा हुने प्रक्षेपण >> बहालमा रहेका जनप्रतिनिधिलाई आगामी निर्वाचनमा कांग्रेसले उम्मेदवार नबनाउने >> दुर्गा प्रसाईं भन्छन् : राजसंस्था र प्रदेशबारे जनमत संग्रह गरौँ

दरसँगै तिजको मौलिकता र विचार हराउँदैछ

११ भाद्र २०८२, बुधबार
११ भाद्र २०८२, बुधबार

तिज नेपाली महिलाहरूको प्रमुख धार्मिक तथा सांस्कृतिक पर्व हो, जसको आरम्भ पौराणिक कथासँग जोडिएको छ। मान्यता अनुसार देवी पार्वतीले भगवान् शिवलाई पति स्वरूप प्राप्त गर्न कठोर व्रत र तपस्या गरेको स्मरणमा तिजको परम्परा स्थापित भयो ।

परम्परागत रूपमा तिज महिलाहरूको भेटघाट, सामूहिक गीत–नृत्य र माइती परिवारसँग पुनर्मिलनको अवसर पनि हो । ग्रामीणदेखि सहरीसम्म यसको महत्व रहँदै आएको छ । धार्मिक मान्यता अनुसार व्रत बस्ने, शिव–पार्वतीको पूजा गर्ने, शिवमन्दिर दर्शन र भक्ति गीत, भजन गाउने गरिन्छ ।

धार्मिक मात्र होइन सांस्कृतिक पर्वको रुपमा धुमधामसँग मनाइन्छ । चेलीले आफ्ना मनका तितामिठा भावना समेटिएका गीत गाउने, मादल, ढोलकको तालमा लोकगीतमा नृत्य गर्ने, दर खाने र एक–अर्कालाई शुभकामना दिने प्रचलन रहेको छ ।

तिज पर्वले सामाजिक सन्देश दिने काम पनि गरेको हुन्छ । गीतको भावमा सामाजिक विकृति, विसङ्गति, विभेदविरुद्धका आवाज समेटिएका हुन्छन् ।

२०४६ भन्दा पहिले देशको सामन्ती सत्ता विरुद्ध बुलन्द आवाज उठाउने भनेका लेख रचनाको माध्यमबाट लेखक, कलाकार, साहित्यकार र गीतको तिजमा महिला थियौँ । दलहरु प्रतिबन्धित थिए । राजनीतिक दलका विचार सिद्धान्त जनता माझ लैजाने माध्यम तिजका गीत, दसैंको पुनर्मिलनमा सांस्कृतिक कार्यक्रम, तिहारको भैलो, अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको माध्यमबाट दलका विचार राखिन्थ्यो । तिजमा पनि सार्वजनिक स्थलहरूमा गीत र नाचबाट प्रतिस्प्रधा हुन्थ्यो । विचारहरू तिखारिन्थे । गीत रचना हुन्थे, पुस्तक प्रकाशन गरी गाइन्थ्यो । दर खाने भनेको तिजको अघिल्लो दिन मात्र हुन्थ्यो । दर खाने दिनको विशेष महत्व हुन्थ्यो । तिजमा आमाहरूले पकाउने परिकारको महत्व भिन्दै थियो । झिनिया, अनदीका चामलको घिउ राखेर पकाउने खाजा र दुधको खवा, दही, तामा जस्ता चिज अनिवार्य हुन्थे ।

आमा बाबा, दाजुभाउजु, श्रीमान, सासुससुरा, देवर, नन्द अमाजु, जेठाजु जेठानीका माया प्रेम हेला होचोलाई दिदी बहिनी, साथीहरुको माझमा कला, गला र अभिनयबाट व्यक्त गरिने हुनाले तिज नारी एकताको पर्व पनि हो । पारिवारिक जमघट र प्रेम, आपसी सहयोग र सांस्कृतिक निरन्तरता हो । परम्परागत भेषभुषामा सजिएर रातो सारी, हरियो रातो चुरा, पोतेमा नारी सौन्दर्य र संस्कारको प्रतीक मानिदै आएको छ । परम्परादेखि महिलाहरुको पर्व मानिदै आए पनि अहिले महिला पुरुषको साझा पर्व बनेको छ । दर खान पनि दुवै जाने,मादलमा सहयोगी बन्दै आएकोमा दाजुभाइहरु गाउने, नाच्ने, रमाउने चलन आएको छ त्यो राम्रो पक्ष हो । के पुरुष के महिला समानताको बाटोमा समाज जाँदैछ । जानु पर्दछ । नाचगानमा मात्र होइन हरेक व्यवहारमा समानता आवश्यक छ । तर आजकल तिजको मौलिकता, सामाजिक मूल्यमान्यता र अनुशासनमा अलि फितलो बन्दै गएको छ । स्वतन्त्रतासँगै अनुशासन र सामाजिक मर्यादा कायम राख्नु पर्दछ ।

प्रायः तिज गीत व्यवसायिक हुने क्रम बढ्दो छ । व्यावसायीकरणको दबाबले ब्रान्डेड लुगा, महँगो गरगहना, र भोज, महोत्सवले मौलिकता छोप्ने खतरा देखिएको छ । साउने संक्रान्तिको दिनबाट नै दरको नाममा मासु, चिउरा,पेय पदार्थ त्यो पनि पार्टी प्यालेसमा हुनाले प्रगतिशील, चेतनामुलक र विचारका गीत सुनिन छोडेछन् । लामो समय विचारको नेतृत्व गर्दै आएको व्यक्ति वा पुस्तालाई
दरसँगै विचार हराएको महशुस भएको आमा दिदी भाउजुको गुनासो सुनिन थालेको छ । हरेक दर खाने कार्यक्रममा डेक घन्किएपछि ताल आउने व्यवसायिक कलाकारका जस्ता शब्द भए पनि नाच्ने तर गाउन बजाउन अल्छी मानेको देखियो ।

सांस्कृतिक विकृति — मौलिक भजन–लोकगीतको स्थानमा भड्किला वा अश्लील गीतको प्रयोग हुने र स्वतन्त्रता र रमाइलोको रुपमा मान्यजन र बालबालिकाको ख्याल नै नगरी उत्ताउला अभिनय हुन थालेका छन् । हाम्रो जस्तो नेपाली समाजले अझै सहजै पचाउन सक्दैन । हिजो महिला वर्गलाई हेर्ने दृष्टिकोण र आज फरक त परेको छ तर अझै युरोप अमेरिका होइन नेपाली समाज हो । नेपाली परिवेशमा सभ्य र मर्यादित तरिकाले पनि रमाउन र संदेश दिन सकिन्छ ।

स्वास्थ्य समस्या – लहैलहैमा कठोर व्रतले गर्भवती, वृद्ध वा स्वास्थ्य समस्याग्रस्त महिलामा जोखिम थपिन्छ । उहिले पार्वतीले व्रत बसेर शिवाजी पाइन भन्ने नाममा आजका एक्काइसौं शताब्दीका छोरी चेली मजाले आफ्नो जीवन साथी रोज्ने अधिकार छ । शिक्षामा छलाङ्ग नै मारेका छन् ।

अब त व्रत गरेर भन्दा सहनशीलता, कुरा सुन्ने धैर्यता, आपसी सहमति, स्वास्थ्यमा ध्यान, आपसमा सहकार्य, समर्थन, सहअस्तित्वको जमानामा अन्धभक्त हुनु आफूलाई बदल्न नसक्नु हो । अन्धविश्वास भन्दा बाहिर आउन सक्नु पर्दछ । एक्काइसौं शताब्दीका शिक्षित वर्गमा वैज्ञानिक सोंच, चिन्तनले अगुवाइ गर्नु राम्रो हो । हिजोको जमानामा परम्परा र संस्कारका नाममा अन्धाधुन्ध विश्वास गरेर आफूलाई अस्वस्थ बनाउनु बाध्यता जस्तै थियो । अशिक्षा र घरको डरले भ्रम पालेर नै बस्नु पर्ने वाध्यता थियो । बोले पोथी बासेको, हाँसे उत्ताउली भएको ज्ञानगुनका कुरा छोरो मान्छेले मात्र सुन्ने अवस्था बदलेर अहिलेको गणतन्त्र ल्याएको हो । गणतन्त्रमा व्यक्तिगत स्वतन्त्रता हुन्छ तर सामाजिक मूल्यमान्यता सबैले पालना गरेरै व्यवस्था सुदृढ बन्दछ ।

दुवैखाले अतिवाद घातक हुन्छ । अति उपभोक्तावादी प्रवृत्तिले धर्म कर्मभन्दा कमाउने हो रमाउने हो भन्दै अलि उत्ताउलो बन्नु पनि आजको समस्या हो । रहर र रमाइलोको नाममा मान्यजन र बालबालिका सामु कतिपय व्यावसायिक गीत र अभिनयले राम्रो सन्देश दिँदैनन् । महिनौंसम्म दर भन्दै दिनदिनै फरक कपडा, फरक श्रृंगार, आफ्नो परिवारको आयले धान्न नसक्ने गरी देखाउनको निम्ति ऋण खोजेर घिउ खाने भनेजस्तै साथीहरुको लहलहैमा लागेर समस्यामा परेको पनि धेरै देखिन्छ ।

सामाजिक सञ्जालले गर्दा एक पटक फोटो खिचेर पोष्ट गरेपछि फेरि उही लगाए के भन्लान् भन्ने मनोविज्ञानले पनि समस्या थपेको छ । के हुने खानेले झै फेरिफेरि लगाउने, के सहभागी नै नहुने, विभिन्न बहाना देखाएर तर्किनु पर्ने, संस्था, समूह, कार्यालय, संगी साथीको समूह गर्दा पार्टी प्यालेसमा दर महिनौ हुन्छ । धनले पनि नपुग्ने, महिनौंसम्म दर खाने र रमाइलो गर्ने भएपछि माइत जान नभ्याउने, उता माइती दाजुभाइले पनि आफ्ना दिदी बहिनी वास्तविक दर खाने दिन तीजको अघिल्लो दिनभन्दा आफ्ना साथीभाइसँग रमाउन अन्य दिनमै एक दिन बोलाएर उम्किने संस्कार विकास हुँदैछ । तीज पर्वको मौलिकता र वास्तविक माइतको महत्व घटाउनु हुँदैन जस्तो लाग्छ । जहिले फुर्सद छ त्यहिले दर खुवाउने गर्दा र एक महिना पहिलेबाट दरमा रमाउनाले पर्वको वास्तविक मर्म र अर्थ युवापुस्तामा हस्तान्तरण हुँदैन ।

जेनेरेशन ग्याप—अघिल्लो पुस्ताले पछिल्लो पुस्तालाई संस्कृति हस्तान्तरण गर्न साथी बनाएर सँगसँगै हिंडाउन कोसिस गर्नु पर्दछ । आधुनिक जीवनशैली र विदेशी संस्कृतिको प्रभावले परम्पराप्रति आकर्षण घट्दै जानुको कारण ग्याप पनि एक हो । आमा दिदी बहिनी आआफ्ना संस्था समूह र काममा व्यस्त हुने सन्तानलाई समय नदिने, घरका जेष्ठ नागरीक हजुरबुवा आमाबाट टाढा राख्ने, आफूलाई समय निकाल्न उनीहरूको माग अनुसारका सुविधा, महङ्गा मोबाइल, बाईक किनी दिने अनि उनीहरू विभिन्न किसिमका गेम र एआइको प्रयोगले सामाजिकीकरण हराउँदै गएको छ । युवापुस्ताले कोठाभित्र बसेर इन्टरनेटमा विश्व भ्रमण गर्न जानेपछि घरमा आएको आगन्तुक या आफन्तसँग के नाता हो ? कसरी बोल्नु पर्ने भन्ने शिष्टाचार भुल्न थालेका छन् । माटोमा काम गर्ने परिश्रमी किसानले ल्याएको अर्गानिक तरकारी, फलफूल, दुध, दही भन्दा भाटभटेनीमा सपिङ्ग गर्न मन पराउने भएका छन् ।

आफ्ना सन्तान फरर अङ्ग्रेजीमा बोले मख्ख पर्ने अभिभावक आफ्नो पुख्र्यौलीको भाषा, धर्म, संस्कृति, रीति रिवाज , चाडपर्वको मौलिकता, पेशा, व्यवसाय सन्तानमा हस्तान्तरण गर्न सकेका छैनन् । अब कसरी राष्ट्रिय स्वाभिमान, नेपालीत्व र चाडपर्वको मौलिकता जोगिन्छ ? हरेक देशका नागरिकमा आफ्नो देशको मौलिकता जोगाउने दायित्व हुन्छ । आफू जन्मेको भुगोल, आफ्ना पुर्खा, भाषा, धर्म, भेषभुषा संस्कृतिप्रति गर्व महसुस हुनु पर्दछ । परेको बेला आफ्ना सन्तानलाई राष्ट्रियताको सवालमा बिना स्वार्थ, बिना हिच्किचाहट बोल्न सक्ने असल नागरिक तयार गर्नु हरेक असल नागरिकको कर्तव्य पनि हो ।

त्यसैले चाडपर्वमा रमाइलो मात्र होइन आफ्नो परिवार, आफन्तजन, संघ संस्था र समाजमा पनि विचारले नेतृत्व गर्न सक्नु पर्दछ । तत्कालीन परिवेश, आवश्यकता अनुसार चाडपर्वलाई रचनात्मक, सिर्जनात्मक, मितव्ययी बनाउन जरुरी देखिन्छ । नाच्दा गाउँदा पनि जमाना, समयको माग र परिवेश अनुसारका गीतको बोल पनि हुनुपर्दछ तर सभ्य, चेतना र सकारात्मक सन्देश दिने हुनुपर्दछ । शरीरभरि सुन छ, महँगा कपडा छन् तर कर्म छैन लाउन हुदैन भन्ने गीतमा नाचेको अलि सुहाउँदैन । आफ्नो परिवेश अनुसारका गीतमा अभिनय गर्ने वा समाजलाई डोहोरयाउने चेतनामूलक गीत हुनुपर्दछ र युवा पुस्तामा ज्ञान हस्तान्तरण हुँदै जानेछ । मान्यजनको पनि मर्यादा रहन्छ । अभिभावक नै रंग रमाइलोमा मात्र केन्द्रित हुँदा परिवार र समाजमा वास्तविक धरातल भेटाउन सकिँदैन ।

युवापुस्तामा मौलिक संस्कृतिको ज्ञान दिन हरेक चाडपर्वको पृष्ठभूमिको ज्ञान दिलाउनु पर्दछ । तीजमा आफ्ना रचना, सिर्जना, स्वर, अभिनय र व्यवहारबाट देखाउन वा पस्कन कोसिस मात्र भए पनि गर्नु पर्दछ । युवापुस्ताले जुन विधिबाट सिक्न चाहन्छन् त्यही विधि प्रयोग गरेर भएपनि आफ्नो राष्ट्र, भुगोल, पुर्खा, संस्कार, संस्कृति, परिवार पालेको पेशाप्रति सकारात्मक भाव विकास गराउनु पर्दछ । विभिन्न उपाय देखाउने जुन बाटोमा उनीहरू जान चाहन्छन् त्यो वातावरण सिर्जना गर्न तथा यथा सम्भव कोसिस गर्नु अभिभावकको दायित्व हो । समाजको पनि दायित्व हो । आफ्नो समाज कस्तो बनाउने भन्ने योजना सामूहिक सोचबाट बन्दछ । आफ्नो सन्तानजस्तै छिमेकीको पनि बनोस भन्ने भावनाले मात्र समाजवाद सम्भव छ ।

तिजलाई स्वास्थ्य, समानता र सशक्तीकरणसँग जोडेर नयाँ सन्देश दिन कोसिस गर्नुपर्दछ । विद्यालय–क्याम्पसस्तरमा तिजको मौलिकता विषयक गोष्ठी र सांस्कृतिक कार्यक्रम आयोजना गर्ने विकृति नियन्त्रणका लागि समुदायस्तरमा सामूहिक र किफायती पर्व मनाउने अभियान चलाउने, प्रविधि प्रयोगमार्फत नेपाल बाहिरका नेपाली समुदायसम्म मौलिक तिजको सन्देश पु¥याउने गर्नाले समावेशी सांस्कृतिक सम्पदाका रूपमा विश्वस्तरमा परिचित गराउन सकिन्छ । नेपालको मौलिक संस्कृतिको जगेर्ना गर्न सबै सचेत वर्ग लाग्नु पर्दछ । रमाइलोसँग विचार पनि संप्रेषित गर्दै जानु पर्दछ । समाजलाई अग्रगामी दिशामा हिंडाउन पनि विचारले नेतृत्व गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?