© २०२३
ब्रम्हाकुमारी इश्वरीय विश्वविद्यालयले विगतदेखि नै नेपालको सामाजिक सांस्कृतिक क्षेत्रमा ठूलो योगदान गर्दै आएको छ । पछिल्लोसमय उसको योगदान त्यसभन्दा माथि उठेर महा अभियानसम्म पुगेको छ । ब्रम्हाकुमारी इश्वरीय विश्वविद्यालयलले नेपालको आध्यात्मिक क्षेत्रमा पु¥याएको योगदान कहिल्यै विर्सन नसकिने छ । पछिल्लोसमय उसको भूमिका रगत नपाएर मृत्युको मुखमा पुग्नुपर्ने विरामी बचाउने अभियानमा जोडिएको छ । यो ऐतिहासिक एवं सामाजिक उत्तरदायित्वको अभियान सुरु गरेर ब्रम्हाकुमारी इश्वरीय विश्वविद्यालय धन्यबादको भागिदार वनेको छ । ब्रम्हाकुमारी इश्वरीय विश्वविद्यालय र त्यस मातहतका संस्थाहरूले अहिले रक्तदानको अभियान नै सञ्चालन गरिरहेको छ । यो अत्यन्त पवित्र अभियानमा देशका धेरै युवा जोडिएका छन । ‘तपाईको एक थोपा रगतले नयाँ जीवनको आशा जगाउन सक्छ, मानवताको सेवा नै सवैभन्दा ठूलो धर्म हो’ भन्ने नाराका साथ ब्रम्हाकुमारी इश्वरीय विश्वविद्यालयले युवालक्षित कार्यक्रम पनि गर्दै आएको छ । युवालाई कुलतबाट मुक्ति दिलाउने अभियानमा ब्रम्हाकुमारी इश्वरीय विश्वविद्यालयको योगदान अत्यन्त महत्वपूर्ण छ । त्यसमा पनि पछिल्लोपटक रक्तदानमा युवालाई आकर्षित गर्न सक्नु र यो अभियान भब्यताका साथ सफल हुनु अत्यन्त सकारात्मक कार्य हो । ब्रम्हाकुमारी इश्वरीय विश्वविद्यालयको यो कदमको जति नै सराहना र प्रशंसा गरेपनि त्यो कम हुन्छ । अहिले देशका विभिन्न स्थानमा सुरु गरेको रक्तदान अभियानले युवाहरूमा एकखालको सकारात्मक सन्देश गएको छ । युवाहरू विकृति विसंगतिमा होइन, यस्तै समाज विकासको काममा जोडिनुपर्दछ भन्ने यो अभियानको उद्देश्य हो ।
जेहोस अहिलेसम्म आफ्नो एउटै भूमिका र काममा समर्पित ब्रम्हाकुमारी इश्वरीय विश्वविद्यालयले समाज रूपान्तरण तथा रगत नपाएर कसैको पनि मृत्यु नहोस भन्ने जुन पवित्र उद्देश्यले रक्तदान महाअभियानमा जोडिएको छ, त्यो सराहना र प्रशंसनीय काम हो । त्यसैपनि अस्पतालहरूमा अहिले रगतको चरम अभाव छ । ब्लडबैंकमा जाँदा विरामीले रगत नपाउने अवस्था छ । विभिन्न संघ संस्थाहरूले रक्तदान कार्यक्रम गरिरहेका छन, तरपनि रगतको अभाव हुँदै आएको छ । पश्चिम तराईमा अहिले गर्मी बढेसंगै सरकारी तथा नीजि अस्पतालहरूमा विरामीको अत्याधिक चाप छ । बिरामीहरूको चाप बढ्दा रगतको अभाव देखिएको छ । नेपालगंज, चितवन, दाङ र बुटवलमै पनि रगत अभाव भन्दै बेलाबेलामा आकस्मिक रक्तदान कार्यक्रम गरिदै आईएको छ ।
यसमा नेपाल स्वयंसेवी रक्तदाता समाजको भूमिका अत्यन्त महत्वपूर्ण छ । त्यसमा पछिल्लोपटक ब्रम्हाकुमारी इश्वरीय विश्वविद्यालय समेत थपिएको छ । रगतको अभावलाई कम गर्न विभिन्न संघ संस्थाहरूले रक्तदान कार्यक्रमलाई निरन्तरता दिईरहेका छन । रगतको अभावमा कोही कसैको पनि मृत्यु नहोस् भन्ने पवित्र उद्देश्यले ब्रम्हाकुमारी इश्वरीय विश्वविद्यालयले रक्तदान महाअभियान सञ्चालन गरेको छ । नेपाल रेडक्रस सोसाईटी विगत बर्षौदेखि रक्तदानको अभियानमा संलग्न छ । त्यसमा ब्रम्हाकुमारी इश्वरीय विश्वविद्यालय सारथी बन्न आईपुगेको छ । रेडक्रस सोसाईटीले रक्तदान प्रकृयामा खेलेको भूमिकाको जति नै प्रशंसा गरेपनि कम हुन्छ । पछिल्लोपटक रेडक्रस र नेपाल स्वयंसेवी रक्तदाता समाजसंगै जोडिन आईपुगेको छ– ब्रम्हाकुमारी इश्वरीय विश्वविद्यालय पनि ।
सवैको उद्देश्य महान छ । ब्रम्हाकुमारी इश्वरीय विश्वविद्यालयले यो अभियान एक दिन दुईदिन र एक बर्ष दुई बर्षमात्रै होइन, सधै सञ्चालन गर्ने अठोट गरोस् । वास्तवमा जीवन तबसम्म रहन्छ, जबसम्म रक्तसञ्चार भइरहन्छ । त्यसैले जीवन–मरणको चरणमा रगत सवैभन्दा महत्वपूर्ण छ । यही रगतको अभावमा विरामीले अकालमा ज्यान गुमाउनु नपरोस् भन्ने मानवीय भावना जागृत गर्नु जरुरी छ । मानवीय नाताले पनि रक्तदान जीवन दान सम्झेर रक्तदान गर्नु सवैको कर्तब्य हो । जेहोस पछिल्लोसमय ब्रम्हाकुमारी इश्वरीय विश्वविद्यालयको रक्तदान महाअभियान कुनै एक दिवस वा अवसरको रूपमा मात्रै नभै रगत नपाएर अकालमै ज्यान गुमाउनु पर्ने अवस्थाका विरामीका लागि बरदान सावित बनोस् ।