ट्रेंडिंग:

>> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट >> बाली बिमाप्रति किसानको आकर्षण बढ्दो, ९० प्रतिशतसम्म क्षति वहन >> नेतृत्व चयनका लागि एमालेले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने >> अध्यक्ष कार्की भन्छन् : सरकारले अनुमति दिए विदेशमा बिजुली बेच्न तयार छौँ >> मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि दलहरुबिच रस्साकस्सी >> पोखरालाई काठमाडौंले दियो १६६ रनको लक्ष्य >> भारतले नेपालमा ठूला भारु नोट प्रयोगमाथिको प्रतिबन्ध हटाउँदै >> प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान >> “फूलको माला” नयॉ रत्यौली गीत सार्वजनिक (भिडियोसहित)  >> ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ सार्वजनिक गर्ने अध्यागमनको तयारी >> श्री पालु सिद्ध प्राथमिक विद्यालयमा अक्षयकोष स्थापना >> एमाले महाधिवेशन : उद्घाटन सत्रमा १० हजार स्वयंसेवक खटाइने >> आज पनि घट्यो सुनचाँदीको मूल्य >> सामाजिक सञ्जाललाई माध्यम बनाएर यौन दुर्व्यवहार बढ्दै >> महिला टी-२० विश्वकप छनोट खेल्ने प्रारम्भिक टोली घोषणा >> शेरबहादुर तामाङ केपी ओली टिमबाट उपमहासचिवमा उठ्ने >> काठमाडौंले पोखराविरुद्ध पहिले ब्याटिङ गर्दै

नयाँ कानुनले भारतीय क्रिकेटमा समस्या, ड्रिम ११ ले झिक्यो प्रायोजकबाट हात

९ भाद्र २०८२, सोमबार
९ भाद्र २०८२, सोमबार

काठमाडौं, ९ भदौ ।

काल्पनिक खेलकुद प्लेटफर्म ड्रीम ११ ले एशिया कप २०२५ को केही साताअघि भारतीय क्रिकेट टोलीको शीर्षक प्रायोजकको रूपमा फिर्ता लिने निर्णय गरेको छ ।

मिडिया रिपोर्टहरू भन्छन् कि ड्रीम ११ आफ्नो प्रायोजक सम्झौता जारी राख्न तयार छैन । नयाँ कानूनले काल्पनिक खेलकुद, पोकर र रम्मीसहित सबै वास्तविक पैसा गेमिङ प्लेटफर्महरू प्रभावकारी रूपमा प्रतिबन्धित गरे पछि ड्रिम ११ ले भारतीय क्रिकेटको प्रायोजकवाट हात झिकेको हो ।

भारतीय संसदले भर्खरै अनलाइन गेमिङ प्रवर्द्धन र नियमन विधेयक २०२५ पारित गरेको छ, जसले काल्पनिक खेलकुद, पोकर र रम्मी लगायत वास्तविक पैसाका अनलाइन गेमहरूमा पूर्ण प्रतिबन्ध लगाएको छ । केवल ई–खेल र सामाजिक गेमिङलाई अनुमति दिइएको छ। उल्लङ्घन गरेमा तीन वर्षसम्म कैद वा एक करोड रुपैयाँसम्म जरिवाना हुन सक्छ ।

बीसीसीआई सचिव देवजित सैकियाले शुक्रबार भनेका थिए कि बोर्डले पूर्ण रूपमा कानूनको पालना गर्नेछ । सैकियाले यो अनुमति नदिए अब केही नगर्ने बताएका छन् । बीसीसीआईले केन्द्र सरकारले बनाएको देशको हरेक नीतिको पालना गर्नेछ ।

विशेष कुरा के छ भने सेप्टेम्बर ९ बाट युएईमा सुरु हुने प्रतियोगिता अघि ड्रीम ११ को स्थानमा अरु कुनै स्पोन्सर नभेटिएमा भारतीय क्रिकेट टिम कुनै टाइटल स्पोन्सर बिना नै एसिया कपमा प्रवेश गर्न सक्नेछ  ।

ड्रीम ११ ब्रान्डिङका जर्सी छापिइ सकेको भए पनि अब प्रयोग नगर्ने स्रोतले जनाएको छ । बीसीसीआईले जर्सी प्रायोजक अधिकारका लागि नयाँ बोलपत्रहरू आमन्त्रित गर्न सक्छ । ड्रीम ११ ले २०२३ मा बीसीसीआईसँग ३५८ करोड रुपैयाँको सम्झौता गरेको थियो ।

नयाँ कानूनले ड्रीम ११ को कोर अपरेशन पूर्ण रूपमा परिवर्तन गरेको छ । मिडिया रिपोर्टहरूका अनुसार ड्रीम स्पोर्ट्सका सीईओ हर्ष जैनले पहिले कर्मचारीहरूलाई आन्तरिक नोटमा भनेका थिए कि ड्रीम ११ लाई सःशुल्क प्रतियोगिताहरू जारी राख्न अब ‘कुनै कानुनी बाटो’ छैन । कम्पनीले संक्रमणकालीन योजना तयार गरी पूर्णकालीन र करारमा काम गर्ने दुवैलाई यसबारे जानकारी गराइसकेको छ ।

यस वर्षको सुरुमा भारतमा आफ्नो आधार ल्याएको ड्रिम ११ ले एफवाइ २४ मा ९६०० करोड रुपैयाँ आम्दानी गरेको थियो । जुन मुख्यतया विश्वकपमा सहभागिताबाट आएको हो । २८ करोड भन्दा बढी प्रयोगकर्ताहरू र भारतीय क्रिकेटसँग गहिरो सम्बन्ध भएको यो प्रोजेक्ट माथीको नयाँ प्रतिबन्धसँगै ड्रीम स्पोर्ट्सको फ्ल्यागशिप प्लेटफर्मको लागि ठूलो धक्का लागेको छ ।

कम्पनीले अब फ्यानकोड, ड्रीमसेटगो र ड्रीम गेम स्टुडियो लगायतका अन्य बिषयहरूमा ध्यान केन्द्रित गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?