© २०२३
काठमाडौं, ९ भदौं ।
हालै इरान र इजरायलबीच भीषण युद्ध भएको थियो ।
यो १२ दिन सम्म चलेको युद्ध थियो, जसमा दुवै देशले १३ जुनदेखि २४ जुन २०२५ सम्म भारी बमबारी गरेका थिए । त्यसको सुरुवात इजरायलले १३ जुन २०२५ मा गरेको थियो ।
जसले इरानका ठूला सैन्य र आणविक अड्डाहरूमा भारी बमबारी गरेको थियो। त्यसपछि इरानले पनि जवाफी कारबाही गर्दै इजरायललाई ठूलो क्षति पु¥याएको थियो । यस युद्धका क्रममा अमेरिकाले इरानका ३ आणविक केन्द्रमा आक्रमण गरेको दाबी गरेको थियो । यसपछि इरानले पनि कतारमा रहेको अमेरिकी आधार शिविरमा मिसाइल प्रहार गरेको थियो । यो युद्धले विश्वव्यापी तनाव बढाएको थियो ।
तर, जुन २४ मा युद्धविराममा सहमति भएको थियो । यस युद्धमा इरानको सैन्य क्षमता पनि प्रकट भएको थियो । अब इरानका रक्षामन्त्रीले यस्तो दाबी गरेका छन् जसले इजरायल र अमेरिकाबीच थप तनाव बढाएको छ ।
वास्तवमा, इरानका रक्षामन्त्री अजिज नासिरजादेह भन्छन् कि इस्लामिक देशले धेरै देशहरूमा हतियार कारखानाहरू स्थापना गरेको छ । यसका लागि उत्पादन सुविधा स्थापना गरिएको छ । ती देशको नाम नलिए पनि नासिरजादेहले इरानको प्राथमिकतामा क्षेप्यास्त्रको विकास भइरहेको बताएका छन् । इजरायलसँगको युद्ध पछि प्राथमिकताहरू परिवर्तन हुँदै गएको उनले जनाएका हुन् ।
नासिरजादेहको यो भनाइ इरानको समाचार एजेन्सी योंग जर्नलिस्ट क्लबसँगको अन्तर्वार्ताका क्रममा चर्चामा आएको हो । टाइम्स अफ इजरायलको रिपोर्टका अनुसार रक्षामन्त्रीले भने अनुसार अन्य देशमा इरानले हतियार उत्पादन गर्ने कारखाना छिट्टै उद्घाटन गर्न सकिने बताएको छ ।
यस हिसाबले रक्षामन्त्रीको भनाइ सत्य हो भने यो इजरायल र अमेरिकाका लागि ठूलो तनावको विषय हुनेछ किनभने दुवै देशले इरानको परमाणु बम बनाउने निर्णयको विरोध गर्दै आएका छन् । इरानी रक्षा मन्त्रीले भने कि इरानले आफ्नो नवीनतम हतियार कासिम बसिर मिसाइलको अझै प्रयोग गरेको छैन् । यो इरानको सबैभन्दा सटीक हतियार मानिन्छ। यो ब्यालेस्टिक मिसाइलको दायरा १२ सय किलोमिटरसम्म रहेको मानिन्छ ।
तर, हालै इरानले समुन्द्रमा नौसेना अभ्यास गरेको छ । इरानले ओमानको खाडी र उत्तरी हिन्द महासागरमा क्रुज मिसाइलको परीक्षण गरेको हो । इजरायल सँगको द्वन्द्वपछि इरानको यो पहिलो सैन्य अभ्यास थियो ।