© २०२३
बुटवल, ९ भदौ ।
सामाजिक क्षेत्रमा अग्रसर जि–२५ क्लबको आयोजनामा मंगलबार देविनगरमा खुला तीज गीत कार्यक्रम २०८२ गर्ने भएको छ । सोमबार पत्रकार सम्मेलन गरि खुला तीज गीत तथा महिला स्वस्थ्य सचेतना कार्यक्रमको तयारी पुरा भएको क्लबका अध्यक्ष जयदिप न्यौपानेले बताए । विगत ८ वर्षदेखि धर्म, संस्कृति र संस्कार संरक्षणको उदेश्यका सााथ निरन्तर हुदै आएको कार्यक्रममा थप सचेतनामुलक कार्यक्रममा जोड दिएको उनले बताए । ‘प्रत्येक वर्ष ३०–३५ हजार सहभागी हुदै आएको छ ।’– उनले भने ।
पुराना मौलिक तीज गीतलाई संरक्षण गर्दै यस क्षेत्रकै सबैभन्दा धेरै उपस्थिति हुने कार्यक्रमको रुपमा चिनिएको उनले दाबी समेत गरे । समुदायमा आफुहरु रक्तदान कार्यक्रमलाई वार्षिक २ पटक वृहत रक्तदान कार्यक्रम गर्दै आएको उनले बताए । यसैगरि विपन्न र सिमान्तकृत बस्तिमा फुड डोनेसन, ग्रामिण क्षेत्रमा निशुल्क स्वस्थ्य शिविर तथा हरियाली अभियानका साथ वृक्षारोपण लगायत गर्दै आएको उनले बताए । कार्यक्रममा ३ लाख खर्च हुने अनुमान रहेको उनले बताए ।
कार्यक्रमका संयोजक तेजेन्द्र खनालले यसअघिका वर्षभन्दा अझ फरक ढंगबाट कार्यक्रम गरिने बताए । स्थानको अनुमति लिने, सुरक्षा ब्यवस्था, ट्राफिक ब्यवस्थापन, टेन्टको ब्यवस्थापन, साउण्ड सिस्टम, बादबादनका सामग्री, स्वस्थ्य हेल्प डेक्स, पिउने पानी लगायतको काम भएको उनले बताए । यसैगरि सुरक्षाकै लागि सिसि क्यामराको निगरानी हुने उनले बताए । ब्यवसायीहरु मिलेर समाजसेवाको भावनाका साथ स्थापित संस्था समाजमा धर्म, संस्कृति र परम्पराको संरक्षणको अभियानका साथ रचनात्मक कार्यक्रमलाई जोड दिदै आएको उनले बताए ।
मंगलबार बिहान महिलाको स्तन तथा पाठेघर सम्बन्धी स्वस्थ्य शिविर आयोजना हुने उनले बताए । जसमा गाईनोक्लोजिष्ट चिकित्सकबाट सचेतना परामर्श कार्यक्रम गरिने उनले बताए । कार्यक्रम सम्पन्न गर्न ५० बढी स्वयंसेवक परिचालन गरिने उनले बताए ।
कार्यक्रममा संस्थापक अध्यक्ष रमेश कुमार जोशी, निवर्तमान अध्यक्ष निर्मल न्यौपाने, महासचिव किशोर पंगेनीले कार्यक्रमलाई आगामी दिनमा थप रचनात्मक रुपमा गरिने बताए । क्लबमा हाल ५६ जना सदस्यहरु छन ।