© २०२३
बुटवल, ९ भदौ ।
देविनरस्थित बुटवल ब्याडमिन्टन क्लबको छैटौ अधिवेसनबाट निर्वाचित कार्यसमितिको पद स्थापन कार्यक्रम सोमबार सम्पन्न भएको छ । कार्यक्रममा निर्वाचन आयुक्त अर्जुन कार्कीले नवनिर्वाचित अध्यक्ष नलराज नेपालसहित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई पद तथा गोपनियताको शपथ खुवाए ।
क्लबमा प्रथम उपाध्यक्ष तुल्सीराम भट्टराई (शम्भु), द्धितिय उपाध्यक्ष दल बहादुर क्षेत्री, तृतिय उपाध्यक्ष भानु केसी, सचिव राजु खरेल, कोषाध्यक्ष बाबुराम पाठक, सहसचिव टिकाराम पन्थी, सहकोषाध्यक्ष नर बहादुर श्रीस, सदस्यहरुमा गोकर्ण पाण्डे, अशोक श्रेष्ठ, कृष्ण बराल, जीवन गौतम, ललित पाण्डे, छबिलाल खत्री, यम बहादुर श्रीस, गणेश रायमाझी रहेका छन । यसैगरि क्लबका सल्लाहकारमा श्याम बहादुर पुन, ईन्द्रलाल श्रेष्ठ, पिताम्बर ज्ञवाली, रमेश बहादुर थापा र गोपाल टण्डन रहेका छन ।
क्लबका संस्थापक अध्यक्ष श्याम बहादुर पुनले कार्यक्रमको उद्घाटन गर्दै नेपालको जनआन्दोलनसंग जोडिएको ईतिहास बोकेको क्लब भएको बताए । जनआन्दोलनमा शहिदहरुको स्मृतिमा नव–दिलिप कवड हलको ईतिहासबारे प्रकाश पारे । क्लबबाट खेल विकास र समुदायमा समेत रचनात्मक कार्यहरु गर्दै आएको समेत उनले बताए ।
कार्यक्रममा नवनिर्वाचित अध्यक्ष नलराज नेपालले आफ्नो कार्यकालमा गर्ने वार्षिक गतिविधिबारे प्रकाश पार्दै पूर्वाधारसंगै खेलाडी उत्पादनमा ईटटा थप्ने प्रतिवद्घता जनाए । नियमित राष्ट्रिय प्रतियोगितासंगै युवा खेलाडी उत्पादनका लागि तालिमहरु चलाउने उनले बताए ।
कार्यक्रममा क्लबका कार्यक्रममा नेपाल खेलकुद पत्रकार मंच रुपन्देहीका अध्यक्ष सुमन अधिकारी, क्लबका निवर्तमान अध्यक्ष पंकज ज्ञवाली, सचिव राजु खरेलले खेल विकाससंगै समुदायसंग हातेमालोमा विविध रचनात्मक कार्यक्रम गर्दै आएको बताए ।