© 2026
रुपन्देही, ८ भदौ ।
ब्रिटिस एजुकेसन ग्रुपको व्यवस्थापनमा सञ्चालित ब्रिटिस ग्रामर स्कुल रुपन्देहीमा (नमस्ते एकडेमीमा) कक्षा १२ उत्तीर्ण विद्यार्थीको ग्रेजुएसन तथा नव आगन्तुक कक्षा ११ का विद्यार्थीको स्वागत कार्यक्रम टाइगर प्यालेस बाइ सोल्टीमा सम्पन्न भएको छ।
ब्रिटिस एजुकेसन ग्रुपका कन्ट्री डाइरेक्टर तथा स्कुल हेड अरुणकुमार कँडेलको अध्यक्षता र ब्रिटिस एजुकेसन ग्रुपका सिईओ राजन कँडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विद्यालयका निर्देशक डिल्लीनारायण पाण्डेय , पुष्पा कँडेल , सस्थापक , श्यामलाल खरेल , संस्थापक प्राचार्य राजेन्द्र कुँवर लगायतले शुभकामना व्यक्त गर्नु भएको थियो। । कार्यक्रममा बोल्दै प्रमुख अतिथि कँडेलले ब्रिटिस ग्रामर स्कुललाई अन्तर्राष्ट्रिय स्तरको विद्यालय बनाउन निरन्तर ब्रान्डिगमा लागिरहेको र यो नतिजाले अत्यन्तै गौरव बनाएको बताउँदै आगामी दिनमा शैक्षिक गुणस्तर अभिबृध्दिमा निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रमको पहिलो सत्रमा मोफसलमा दोस्रोपटक व्यवस्थापन संकायमा सत प्रतिशत र विज्ञान संकायमा छ्यानब्बे प्रतिशत ल्याइ तिलोत्तमा नगरपालिका प्रथम भएका विद्यार्थीको ग्रेजुयसन भएको थियो।
प्रमुख अतिथि कँडेलले गाउन र प्रमाणपत्र वितरण गरि बिद्यार्थीलाई दिक्षित गरेका थिए र उत्कृट नतिजा ल्याउन दिनरात मिहिनेत गर्ने शिक्षक तथा कर्मचारीलाई सम्मान गरिएको थियो । कार्यक्रममा ग्याजुएट विद्यार्थीका तर्फबाट अनुज पन्थी र अभिभावक शोभाखर पोखरेलले मन्तव्य राख्दै ब्रिटिस ग्रामर स्कुलको +२ मोफसलको उत्कृष्ट र फरक कोणबाट चलेको बताए ।
दोस्रो सत्रमा कक्षा १२ का विद्यार्थीले ११ कक्षाका विद्यार्थीलाई स्वागत गरेका थिए । स्वागत समारोहमा विद्यालयका निर्देशक डिल्लीनारायण पाण्डेय संस्थापक प्राचार्य राजेन्द्र कुँवर ,+ २ संयोजक दीपक पोखरेल लगायतले स्वागत मन्तव्य सहित विद्यार्थीलाई टीका , खादा र स्वागत पत्र सहित अभिनन्दन गरेका थिए । ४० भन्दा बढी साँङ्गीतिक प्रस्तुति सहित सम्पन्न कार्यक्रम विद्यार्थी अन्जुम बेगम , विद्या ढबाल ,विष्णु यादव , मनिष गैरे , जन्नत इस्लाम खानले सञ्चालन गरेका थिए भने प्रशान्त चौधरी , अनुज पन्थीले मन्तव्य राखेका थिए ।

सम्पूर्ण विद्यार्थीका अभिभावक सहित सम्पन्न समारोहमा नेपाल प्रहरीका डिआइजी आर . पी . दासले विद्यालयको कार्यक्रममा सहभागी बन्न पाएकोमा गौरव महसुस भएको विचार व्यक्त गरे । मोफसलमा एक मात्रै प्रोग्रेसिभ शिक्षण पध्दतिसहित स्थापित भएको यस विद्यालयले ग्रेजुएसन र स्वागत कार्यक्रम अत्यन्तै फरक शैलीमा सम्पन्न गरेको विद्यालयका संस्थापक प्राचार्य राजेन्द्र कुँवरले बताए ।