ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

थारु बस्तिमा अट्वारी पर्वको उल्लास

८ भाद्र २०८२, आइतबार
८ भाद्र २०८२, आइतबार

लमही (बुटवल टुडे), ७ भदौ ।
अट्वारीको अघिल्लो रात, शनिवादे थारु बस्तिमा उल्लास छाएको छ । आइतबार (आज) अट्वारी परेकोले शनिवार पर्वको तयारी गरेका थिए । राति २–३ बजे उठेर माछा, मासु, रोटी पकाएर दर खाने चलन छ । आइतबार दिनभरि व्रत बस्ने साँझपख खोलामा नुहाइ–धुवाइ गरेपछि घरको बैठक कोठामा लिपपोत गरेर ‘गन्यारी’ भन्ने काठबाट आगो निकालेर भान्सा गर्ने प्रचलन रहेको छ । त्यस आगोले सबैभन्दा पहिला भ्याँवा रोटी पकाइन्छ, जसलाई ‘भेँवक रोटी’ भनिन्छ । पूजा गर्ने क्रममा प्रत्येक सदस्यले आफ्नो भागको रोटी, फलफूल आधा छुट्याएर दिदीबहिनीहरूको लागि राख्छन्, र थोरै परिकार निकालेर भिमको नाममा आगोमा हालेर पूजा गर्छन ।

पूजा गरेपछि घरका सबै सदस्यहरूले ठूला मान्छेबाट सुरु गर्दै साना सदस्यले रमाइलो गरी भोजन गर्ने चलन छ । निकालेको अग्रासन दिदीबहिनीहरूलाई दिन पठाइन्छ, जसलाई ‘अग्रासन’ भनिन्छ ।
अट्वारीको दोस्रो दिनलाई ‘फलारको दिन’ भनिन्छ । बिहान सबेरै नुहाइ–धुवाइ गरेर पुनः घरमा लिपपोत गरिन्छ र ३–७ थरी तरकारी पकाएर भोजन तयार गरिन्छ । पहिलो दिनझैँ सबै तरकारी र भातबाट आधा भाग छुट्याइन्छ, जसलाई ‘कहार्ने’ भनिन्छ । त्यसपछि भिमको नाममा निकालिएको खाना आगोमा हालेर पूजा गर्ने परम्परा छ । पूजा सम्पन्न गरेपछि परिवारका सबै सदस्यहरूले ठूला मान्छेबाट सुरु गर्दै रमाइलो गरी भोजन ग्रहण गर्छन् ।

यस दिन थारू समुदायका विवाहित दिदीबहिनीहरू आफ्नो माइतीबाट अग्रासनको प्रतीक्षामा हुन्छन् । अग्रासन नआएसम्म उनीहरूले कुनै खाना खाँदैनन् । यो पर्वले दाजुभाइ र दिदीबहिनीबीचको सम्बन्धलाई सुदृढ बनाउनुका साथै वर्षमा एकपटक भए पनि भेटघाट गर्ने अवसर प्रदान गर्छ । पर्वको क्रममा छरछिमेकीबीच रहेका मनमुटावहरू पनि बिर्सेर मिलन गर्ने परम्परा रहेको छ ।
अट्वारी पर्वको एउटा महत्त्वपूर्ण पक्ष अग्रासन दिनु हो, जुन चेलीबेटीको माया, सम्मान, र माइतीसँगको सम्बन्धलाई प्रकट गर्ने परम्परा हो । अग्रासन दिनु मात्र चाडको धार्मिक अंश नभई यसले दाजुभाइ–दिदीबहिनीबीचको गहिरो प्रेमलाई देखाउँछ । चेलीबेटीहरूले अग्रासन पाउँदा निकै खुशी हुन्छन्, र माइतीबाट आउने अग्रासनको प्रतीक्षामा खाना नखाई बस्ने चलन छ । अग्रासनले थारू समुदायको सांस्कृतिक धरोहरमा रहेको आपसी माया र सहयोगलाई अझै गाढा बनाउँछ ।किन मनाइन्छ ?

अट्वारी पर्व ऐतिहासिक महत्व बोकेको पौराणिक घटनासँग जोडिएको छ । यो पर्व विशेषगरी दाङका थारू राजा दंगीशरण र महाभारतका पाँच पाण्डवहरूसँग सम्बन्धित रहेको मान्यता छ ।
थारू समुदायमा प्रचलित कथन अनुसार, पाण्डवहरू र दौपदी सुर्खेतको काँक्रेविहार घुम्न गएका बेला, दाङको थारू राजा दंगीशरणको राज्यमा शत्रुहरूले आक्रमण गरेको खबर पाउँछन् ।
त्यस बेला भीमले तावामा पकाउन राखेको रोटी छाडेर भोकै पेटमा पानी समेत नखाई थारू राजाको पक्षमा युद्ध लड्न गएर शत्रुहरूलाई परास्त गरेका थिए । त्यसै विजयको सम्झनामा थारू समुदायले अट्वारी पर्व मनाउँदै आएको विश्वास छ । चाडको नाम ‘अट्वारी’ रहनुको कारण पनि यो घटना आइतबारका दिन भएको पुर्खाहरूको कथन छ । अट्वारी पर्वमा थारू समुदायका पुरुषले व्रत बस्ने प्रचलन छ ।
थारू समुदायले विशेष धुमधामका साथ मनाउने महŒवपूर्ण पर्व ‘अट्वारी’ सांस्कृतिक र धार्मिक दुवै दृष्टिले महŒवपूर्ण छ । यो पर्व खासगरी नेपालको पश्चिमी भेगका थारू समुदायले माघीपछिको दोस्रो ठूलो चाडका रूपमा मनाउँछन्, जसले दाजुभाइ र दिदीबहिनीबीचको माया, सद्भाव, र आपसी सहयोगलाई झल्काउँछ । थारू संस्कृतिको धरोहर मानिने यो पर्वले समाजलाई एकता, प्रेम र परम्पराको महत्व बोध गराउँछ । आइतबार थारुजातीको बाहुल्यता रहेको देउखुरीमा सो पर्व धुमधाम रूपमा मनाउन सुरु भएको छ ।

बर्का अट्वारी मनाउन थारू समुदायले एक हप्ता अगाडि नै तयारी सुरु गर्छन् । यो पर्वमा माछा, मासु, घोंघी, तरकारी, रोटी लगायत मिठा परिकार खाने परम्परा छ । तयारीमा माछा मारेर सुकाउने, दाउरा संकलन गर्ने, तेल पेलाउने, पिठो पिस्ने, घर–आँगन सफा गर्ने र अट्वारीमा अग्रासन दिन जानका लागि ढकिया बुन्ने लगायतका कामहरू गरिन्छ ।

थारू संस्कृतिविद् अशोक थारूका अनुसार, वर्का अट्वारी जहिले पनि कृष्ण अष्टमी (अष्टिमकी) पछि १४ दिनमा आइपुग्ने आइतबारमा मनाइन्छ । यस पर्वको नाम ‘अट्वारी’ रहनुको प्रमुख कारण पनि यही आइतबार व्रत बस्ने परम्परासँग सम्बन्धित छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?