Butwal Today

नियमित रूपमा गाँजर खानेले यी १० स्वास्थ्य लाभ लिन सक्नेछन्

८ भाद्र २०८२, आइतबार
अ+
अ-

काठमाडौं, ८ भदाैं ।

खानालाई सन्तुलित राख्नका लागि प्रोटिन, भिटामिन र मिनरल्सले भरिपूर्ण खाद्य पदार्थको सेवन गर्नु अत्यावश्यक हुन्छ । यदि हामी भिटामिनको राम्रो स्रोतको कुरा गर्छौं भने गाजर निश्चय नै अग्रस्थानमा आउँछ । गाजर स्वादिलो मात्र होइन, स्वास्थ्यका दृष्टिले पनि निकै लाभदायक हुन्छ ।

गाजरको महत्वलाई उजागर गर्न र मानिसहरूलाई गाजर खान प्रोत्साहित गर्न हरेक वर्ष अप्रिल ४ तारिखमा अन्तर्राष्ट्रिय गाजर दिवस मनाइन्छ । सन् २००३ मा सुरु भएको यो दिवस २०१२ देखि फ्रान्स, इटाली, स्वीडेन, अस्ट्रेलिया, बेलायत, अमेरिका र जापानजस्ता मुलुकहरूले अन्तर्राष्ट्रिय स्तरमा मनाउन थालेका हुन् । यस अवसरमा गाजर पार्टीहरू समेत आयोजना गरिन्छ ।

गाजर स्वास्थ्यको लागि किन आवश्यक छ ? जान्नुहोस् गाजर खाँदा हुने १० प्रमुख फाइदाहरू:

१. आँखाको लागि लाभदायक

गाजरमा प्रचुर मात्रामा भिटामिन ए, बिटा क्यारोटिन, ल्युटिन, र जेक्सान्थिन पाइन्छ, जसले आँखाको दृष्टि सुधार गर्छ र अन्धोपनको जोखिम घटाउँछ ।

२. पाचन प्रणाली मजबुत बनाउँछ

गाजरमा हुने उच्च फाइबरले पाचन सुधार गर्छ र कब्जियतको समस्या घटाउँछ ।

३. छालालाई स्वस्थ बनाउँछ

गाजरको सेवनले छाला हाइड्रेट राख्न मद्दत गर्छ र कोलाजेन उत्पादन बढाउँछ, जसले छालालाई चम्किलो बनाउँछ ।

४. तौल नियन्त्रणमा सहयोगी

गाजरले लामो समयसम्म पेट भरिएको महसुस गराउँछ, जसले अत्यधिक खाने बानी नियन्त्रण गर्न मद्दत गर्छ ।

५. मौखिक स्वास्थ्यमा सुधार

गाजर चपाउँदा रयाल उत्पादन बढ्छ, जसले मुखका ब्याक्टेरिया घटाउँछ र दाँत गिजालाई स्वस्थ राख्छ ।

६. मुटुको स्वास्थ्यका लागि उपयोगी

गाजरमा पाइने पोटासियम र एन्टिअक्सिडेन्टहरूले रक्तचाप नियन्त्रण गर्छन् र मुटुलाई स्वस्थ राख्छन् ।

७. शरीर डिटोक्स गर्छ

गाजरले शरीरबाट विषाक्त पदार्थ बाहिर निकाल्न सहयोग गर्छ, जसले सम्पूर्ण स्वास्थ्यमा सुधार ल्याउँछ ।

८. मस्तिष्कको कार्यक्षमता बढाउँछ

गाजरमा भिटामिन के पाइन्छ, जसले मस्तिष्कको स्मरणशक्ति र कार्यक्षमता सुधार गर्न मद्दत गर्छ ।

९. रोग प्रतिरोधात्मक शक्ति बढाउँछ

गाजरमा भरपूर मात्रामा हुने एन्टिअक्सिडेन्टले अक्सिडेटिभ तनाव कम गर्छ, जसले विभिन्न रोगहरूको जोखिम घटाउँछ ।

१०. सम्पूर्ण पोषणको स्रोत

गाजर भिटामिन ई, फाइबर, र अन्य महत्वपूर्ण मिनरल्सको स्रोत हो, जसले शरीरलाई आवश्यक ऊर्जा र सुरक्षा प्रदान गर्छ ।