ट्रेंडिंग:

>> रक्तदाता संघको संस्थागत विकास तथा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न >> रन-वेको लाइट बिग्रिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द, उडान अस्तव्यस्त >> सिद्धार्थ कटेज रेष्टुरेन्टमा ब्राह्मण भोजन >> रुपन्देही उद्योग संघको ४७ औं साधारण सभा : निर्वाचित समितिलाई पदस्थापन >> जुकाको औषधी घाँटीमा अड्किएर १८ महिने बालिकाको मृत्यु >> विश्वासको मत नपाएपछि मधेसका मुख्यमन्त्रीले दिए राजीनामा >> औद्योगिक–व्यापारिक क्षेत्रमा गरेको आक्रमण अस्वीकार्य छ : प्रधानमन्त्री कार्की >> विश्व साइकल यात्री “निरञ्जन” कतारमा सम्मानित >> लसुनबाट प्रशस्त आम्दानी गर्दै किसान  >> खस्यौलीलाई द बुद्ध फुटसल कपको उपाधि >> प्रधानमन्त्रीलाई व्यवसायीले भने- तोडफोड र लुटपाटमा संलग्नमाथि कडा कारबाही होस् >> एम्बुलेन्स चालकहरूले गरे रक्तदान >> शेयर सदस्य वृद्धि गर्ने नौलोको योजना >> आलमको निधनप्रति शोक मनाउँदै कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २ दिन पछि सारियो >> हुलाकी सडकका दुई खण्ड अलपत्र >> रामग्राम स्तुपामा नगरपालिका र परियोजना प्रतिनिधि बिच छलफल  >> अपाङ्गता भएकालाई शिवराजको सहायक सामग्री >> अँध्यारो उज्यालो >> १० करोड बढी राजस्व गुमाएपछि निकासीको गृहकार्यमा सुनवल >> महिलाहरुको आम्दानी बन्दै हस्तकलाको सामग्री >> हङकङ सिक्सेसमा नेपाल ४ विकेटले दक्षिण अफ्रिकासँग पराजित >> देउसी–भैलोले बनायो सल्यानमा यात्रु प्रतीक्षालय >> सडक मापदण्डभित्रका घर टहरा हटाउने तयारी >> आज यी दुई प्रदेशको हिमाली भूभागमा हल्का वर्षासहित हिमपातको सम्भावना >> मोहम्मद अफताब आलमको मृत्यु >> ओ ! जङ्गल >> १६औँ कपिलवस्तु महोत्सवको तयारी तीव्र >> राप्ती स्वास्थ्य प्रतिष्ठानको सेवालाई सुदृढ र थप गर्ने निर्णय  >> सामसङले नेपाली बजारमा ल्यायो ग्यालेक्सी ट्याब एस-११ >> एनपीएल सिजन २ः युनाइटेड बाई क्रिकेट, कनेन्टेड बाई एनसेल ! >> निर्वाचनमा भाग लिन मतदातालाई प्रधानमन्त्रीको आग्रह >> नबोल्ने बच्चालाई बोल्ने बनाउने ‘जोगीपानी कुवा’ >> शान्ति समाज रुपन्देहीको २६औं साधारणसभा सम्पन्न >> दाङमा  स्कुलस्तरीय चौथो हप्किडो प्रतियोगिता हुँदै  >> पाँचौं लुम्बिनी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु >> १२५ राजनीतिक दल निर्वाचन आयोगमा दर्ता >> माओवादी केन्द्रको नाम, झन्डा र चुनाव चिन्ह यथावत् राख्न आयोगमा निवेदन दर्ता >> काँग्रेस बैठकमा मङ्सिर २४ का लागि विशेष महाधिवेशनको प्रस्ताव पेस >> सङ्घ र प्रदेशका पदाधिकारीहरू भन्छन् : कर्मचारी कटौती संसद्को अवहेलना हो >> ओलीको तिखो प्रश्न : त्यसवेला सुकरात त भागेन, आजको केपी ओली भाग्छ ? >> रवि लामिछानेविरुद्ध प्रतिशोधको प्रमाणस्वरूप रास्वपाद्वारा ६ तथ्य सार्वजनिक >> निर्वाचन नगरी संविधान कार्यान्वयन सम्भव छैन – रास्वपा >> कुलमान लक्षित रास्वपाको टिप्पणी- पार्टी कब्जा गर्ने नियतको खुला प्रतिवाद गर्छौैं >> एमसीसी परियोजनामा संलग्न कम्पनीलाई सरकारले १ वर्षको आयकर छुट दिने >> चालू आवको पहिलो त्रैमासमा बैंकहरूको नाफा खस्किँदा ग्लोबल आईएमई अग्रपंक्तिमा >> नेपाली क्रिकेट टोली स्वदेश फर्कियो >> राहुल गान्धीको दाबी: जेनजीलाई देखाउनेछौँ, मोदी ‘भोट चोरी’ गरेर प्रधानमन्त्री बने >> सर्वोच्च अदालत मङ्सिर १ देखि पूर्णरूपमा सञ्चालनमा आउने >> सावधान ! लिंकमा क्लिक गरेपछि बैंकबाट रकम गायब, ३ ठग पक्राउ >> विप्लव, शर्मा र भुसालबीच राजनीतिक सहकार्य गर्ने सहमति

नवलपरासीमै २ हजार हेक्टर खेतीयोग्य जग्गा बाँझै

८ भाद्र २०८२, आइतबार
८ भाद्र २०८२, आइतबार

नवलपरासी, ७ भदौ ।
पहाडमा बसाइँ सरेर खेतबारी बाँझो हुन थालेको चर्चा चलिरहँदा नवलपरासीमा पनि दुई हजार भन्दा बढि खेती बाँझो रहेको तथ्याँकले देखाएको छ । बाँझो जग्गा देखिनु कृषि प्रति स्थानीय युवालाई प्रोत्साहन नगरिएको अवस्था तथ्याँकले देखाएको हो ।

जिल्ला समन्वय समितिले मलखादको कोटा वृद्धि गर्नका लागि लुम्बिनी प्रदेश सरकारमा पेश गरेको खेती तथा जग्गाको तथ्याँक विवरण अनुसार जिल्लाभित्र अहिले ३९ हजार ४ सय ७ हेक्टर खेतीयोग्य जमिन रहेको छ । तर खेती गरिएको जमिन ३७ हजार १ सय २२ हेक्टर देखाइएको छ । यसरी कुल खेती नभएर बाँझो अवस्थामा २ हजार २ सय ८५ हेक्टर जमिनमा खेती नगरिएको अवस्थाले बाँझो नै हुने कृषि ज्ञान केन्द्रले जनाएको छ । कृषि पेशाप्रति स्थानीय युवाको नैराश्यता, खेतीमा सरकारको कम लगानी, सिंचाई, मलखाद्य, उन्नत बीउबिजन, उत्पादित कृषजन्य पदार्थको बजारीकरण लगायतका चुनौतीले पनि पहाडमा मात्रै नभई अहिले तराईकै जिल्लामा पनि खेतीयोग्य जग्गा भएपनि कम खेती गर्न थालिएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

उत तथ्याँक अनुसार सबै भन्दा बढि खेतीयोग्य जग्गा रामग्राम नगरपालिकामा ७ हजार ९ सय ६ हेक्टर रहेको छ, जस्मा ७ हजार ८ सय ७५ हेक्टर जग्गामा खेती गरिएको र ३१ हेक्टर जमिन बाँझो अवस्थामा देखिन्छ । त्यसैगरि क्रमशः वर्दघाट नगरपालिकामा खेतीयोग्य जग्गा ६ हजार ७२ हेक्टर रहेकोमा ५ हजार ४ सय ७६ हेक्टरमा खेती गरिएको छ भने ५ सय ९६ हेक्टर बाँझो छ । सुनवल नगरपालिकामा ४ हजार ९ सय ३४ हेक्टर खतीयोग्य जग्गा रहेकोमा ४ हजार ९ सयमा खेती भइरहेको र ३४ हेक्टर बाँझो छ । सरावल गाउँपालिकामा ५ हजार ५ सय ४९ हेक्टर खेतीयोग्य जमिनमा ५ हजार ३ सय ४२ हेक्टरमा खेती भइरहेको र २ सय ७ हेक्टर बाँझो छ ।

प्रतापपुर गाउँपालिकामा ५ हजार ९ सय ७८ हेक्टर खेतीयोग्य जमिनमा ५ हजार ८ सय ७ हेक्टरमा खेती भएको र १ सय ७१ हेक्टर बाँझो अवस्थामा देखिन्छ । त्यसैगरि सुस्ता गाउँपालिकामा ५ हजार १ सय ९७ हेक्टर खेतीयोग्य जमिन रहेको र ४ हजार ५ सय ९५ हेक्टरमा खेती भइरहेको र ६ सय २ हेक्टर बाँझो अवस्था देखाउँछ ।
पाल्ह्ीनन्दन गाउँपालिकाको कुल ३ हजार ७ सय ७१ हेक्टर खेतीयोग्य जमिन रहेको र ३ हजार १ सय २७ हेक्टरमा खेती भएको तथा ६ सय ४४ हेक्टर जग्गा बाँझो देखाइएको छ । खेतीयोग्य जग्गा सबै भन्दा थोरै रहेको र सबै भन्दा बाँझो खेती हुने जग्गा पनि पाल्हीनन्दनमै देखिएको छ ।

यसैगरि सिंचाईको आधारमा कुल २० हजार २ सय ८ हेक्टर सिचिँत क्षेत्रफल छ । जुन कुल जग्गाको ५१.२८ प्रतिशत जग्गामा मात्र सिंचाई पुगेको छ । खेती गर्ने प्रकारको आधार मान्ने हो भन्ने केरा खेती २ हजार ५ सय ४४ हेक्टरमा, उखु खेती ३ हजार ४ सय ३८ हेक्टर, तरकारी खेती २ हजार २ सय २३ हेक्टर र बीउ उत्पादन ढाकेको क्षेत्रफल १ हजार ५ सय ७१ हेक्टर रहेको छ । जस्मा सबै भन्दा बढि केरा
उत्पादन हुने सुस्ता गाउँपालिकामा १ हजार ४ सय ६० हेक्टर रहेको छ । उखु सबैभन्दा बढि प्रतापपुरमा २ हजार १ सय ४ हेक्टर रहेको छ । त्यसैगरि तरकारी खेती सबै भन्दा बढि ७ सय २१ हेक्टर रामग्राम नगरपालिकामा हुने गरेको तथ्याँकले देखाएको छ । त्यसैगरि विउँजिनमा पनि सबैभन्दा बढि रामग्राममै हुने गरेको र कुल ९ सय ९२ हेक्टरमा बीउँबिजन हुने गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?