© २०२३
काठमान्डौ, ८ भदौ ।
गत आर्थिक बर्षको उखुको अनुदान भुक्तानीको माग गर्दै उखु किसानहरुले काठमाडौं केन्द्रीत आन्दोलन सुरु गरेका छन् ।
उखु उत्पादक महासंघ, उखु उत्पादक कृषक समिति लगाएतले गत आर्थिक बर्षको उखुको वक्यौता अनुदान रकम प्रति क्वीन्टल रु ७० का दरले भुक्तानी गर्नुपर्ने भन्दै माइतिघरमा प्रदर्शन गरेका हुन् ।
चालु आर्थिक वर्ष २०८२/८३ को बजेटमा उखुको अनुदानका लागि सरकारले आवश्यक बजेट विनियोजन नगरेपछि उखु किसानहरु अघिल्लो आर्थिक बर्षको अनुदान पनि नआउने हो की भन्ने त्रासमा छन् । उनीहरुले गत वर्षकै अनुदानसमेत आधा कटौती गर्न लागेको आंशका गरेका छन् ।
प्रदर्शनमा सहभागीहरुले एकतर्फी मूल्य स्वीकार छैन, उखु कृषक शोषण बन्द गर, उखु अनुदान भुक्तानी गर , मूल्य निर्धारणमा कृषकहरुलाई सहभागी गर लगाएतका प्लेकार्ड प्रदर्शन गरेका छन् ।
कृषकहरुले सरकारले अनुदान रकम कटौती गरे अव उखु खेती गर्ने अवस्था नआउने जनाएका छन् ।