© २०२३
सत्तामा बसी मनपरि गरेर निम्त्याएको राष्ट्रिय बर्वादीलाई सच्याएर देशलाई सही ट्रयाकमा हिँडाउन अहिले देशका सबै नागरिकहरू जोडबलले लाग्नु परेको छ । देशका हरेक क्षेत्रमा भोरजुवा मच्चाएर देशलाई पातालतिर लैजाने जुन प्रपञ्च यो सरकार रञ्दै छ, त्यसलाई सफल हुन नदिन वामपन्थी झुकाव राख्नेहरू सबै कम्युनिष्टहरू गोलबद्ध हुने र लोकतन्त्रको रक्षा एवं राष्ट्रियताको पक्षमा समेटिन सक्ने जतिलाई एक ठाउँमा ल्याएर चुनौतिहरू सित जुध्न तयार हुनुपरेको अवस्था परिथितिले देखाईरहेको छ । भ्रष्टचार, भष्टाचारीको संरक्षण, कानुनको उल्लंघन, दण्डहीनता जस्ता यावत विकृति विसंगतीहरूको आहालमा डुवेको सरकार प्रभुपनि जनतालाई उल्लु बनाउन फजुल आश्वासनका पुरिया बाँडेर सत्तामा टिकिरहने प्रपञ्च रच्दै छ ।
नेपाली जनताले आफ्नो भविष्यको रूपरेखा कोर्न केपी ओली, शेरवहादुर जस्तो कम्युनिष्ट काँगे्रस दुवै दलसित मेल नखाने असैद्धान्तिक पात्रहरूको विकल्पमा नीति, सिद्धान्त र आफ्नो दर्शन अनुसारका कार्यक्रमका नीतिहरू अगाडि सारेर आफ्नो दलको घोषित सिद्धान्त अनुसार इमान्दारिताका साथ काम गर्ने सरकार चाहेका छन् । यो जनचाहना आजको मात्र होइन धेरै पहिल्यै देखिको हो । जनताको यस चाहनालाई पूरा गर्न यो केपी ओली, शेरवहादुर गठवन्धनको सरकार इमान्दारिताका साथ लागेको भए भलै असैद्धान्तिक चरित्रको नै किन नहोस् अवश्य नै सफल हुन्थ्यो । आम जनतामा जुन किसिमका छटपटी, जुन किसिमको बेचैनी व्याप्त छ र यसले यस्तो अनिश्चितता ल्याइदिएको छ कि देशको भविष्यमाथि विश्वास हराएर प्रबुद्ध र विभिन्न पेशामा राम्रो ख्याति आर्जन गरेका दक्ष नागरिकहरूपनि धमाधम गुण्टा कसेर अमेरिका, अस्टे«लिया या युरोपका विभिन्न मुलुकहरूमा जाँदैछन् । केही दिनअघि मात्र काठमाडौं गंगालाल मुटु अस्पतालमा साढे दुई दशकदेखि काम गर्दै आएका वरिष्ठ मुटु रोग विशेषज्ञ मन्त्रीको अपमानजनक व्यवहार सहन नसकेर पदबाट राजीनामा दिइ अमेरिकातिर लागेको समाचार प्रकाशमा आयो । लामो समयसम्म सो अस्पतालमा काम गर्दा उनले हजारौं मुटु रोगीहरूको सफल सल्यव्रिया गरेर जीवनदान दिएका थिए । उनको बढुवाका लाग सम्वन्धित निकायबाट सिफारिस भएपनि परराष्ट्र मन्त्री आरजू राणको दवावमा उनको बढुवा रोकी अर्कैको भयो । जसका कारण उनले घरायसी कारण देखाइ राजीनामा दिएर अमेरिका उडेका हुन् भन्ने संचार माध्यमहरूको प्रतिकृया अहिले बजारमा जो छयापछ्याप्ती छ । यसलेपनि यहाँको बौद्धिक जगतको छटपटीलाई झनै प्रष्ट पारिदिएको छ । आज देशमा राज्यबाट विशेष सुविधा प्राप्त गरेका व्यक्तिहरू बाहेक अधिकांश जनताहरू दिनभरि पसिना बगाएर पनि साँझ के खाने भोलिपल्ट विहान के खाने ? भन्ने अवस्थामा छन् । सत्तासीनहरूको झोले राजनीति र दुई नम्वरी धन्दामा लागेकाहरू वाहेक अधिकांश जनताको स्थिति बेहाल छ । कामै नपाएर वेरोजगारीले छटपटिएका जनता त भोकले मरेका, कहिले आमाले छोरा छोरीहरू समेत साथमा लिएर नदी खोलामा हाम फालेर आत्महत्या गरेका अथवा आमाले पहिले छोराछोरीलाई मारेर पछि आफूले समेत आत्महत्या गरेका खबरहरू केही वर्ष यता वर्षेनी बढ्दै गएको हामी सुन्दछांै । त्यो बाहेक काम गरेर खाने अर्थात कमाएर खाने मध्यम वर्गका जनताको लागि पनि आज जीवन धान्न असम्भवप्रायः भएको छ ।
निम्न वर्गका मानिसहरूको त स्थिति यति बेहाल छ कि दिनभर जोतिएर पनि पेटभर खान बालबच्चालाई पोषणबाट वचाउन सन्तुलित आहार जुटाउन सक्ने स्थितिमा छैनन् । गाउँका किसानहरूको अवस्था वयान गरिसाध्य छैन । एकातिर कृषि मलको अपर्याप्तताको कारण खाद्यान्न उत्पादनमा ह्रास आइरहेको छ । अर्कोतिर वन जंगलको झाडी वर्षेनी बढ्दै जाँदा बाँदर दुम्सी मृग बनेल आदि जनावरले दुःखसित लगाएको वाली नष्ट पारिदन्छन् । फलस्वरूप किसानलाई खेतीको लागत पनि उठ्दैन । मौसमको अनिश्चितताले गर्दा समयमा खेती गर्न नपाउनु र कहिले अति वर्षाले, कहिले अनावृष्टिले बालीनालीमा हानी पुग्नाले पनि किसानहरू हैरान छन् । महंगीको कारण धेरै किसान आफ्ना सन्तानले खाडी मुलुकतिर काम गरेर पठाएको पैसाले पनि घर खर्च टार्न मुस्किलको स्थितिमा छन् । यस किसिमको राष्ट्रिय संकटको अवस्थामा पनि सत्तामा वसेकाहरूलाई केही मतलव छैन । देशमा यस किसिमको संकट पैदा भएको प्रति रत्ति चिन्ता छैन । नीति निर्माण गर्न संसदमा गएका सांसदहरू पनि संसदको वैठक चलिरहेका बेला दिउसो मस्तसित निदाएर घ्वार घ्वार घुरिरहेका चाखलाग्दा रमाइला रमिताहरू देख्न पाइन्छ । यस्तो के भइरहेको छ देशमा ? देश कता जाँदैछ ? हामी कता जादैछौं ? देशको यो लथालिङ्ग र भताभुङग स्थितिले आज प्रत्येक वर्ग चिन्तित छ तर सरकारलाई यसको वास्ता छैन । सरकार जनताका समस्याहरूसँग पूरै बेखबर छ । गलत कृयाकलापको भ्रष्ट माध्यमहरू अवलम्वन गरी सम्पन्न भएका तीन नम्मरी, धन्दावालाहरू सम्मानित हुने र बुद्धि खियाएर पसिना पोखेर काम गर्नेहरूको निम्ति नै हुन छाडेको छ । त्यसैले सबै निरास छन् । ठूला राजनीतिक दलहरूमा परमस्वार्थी तथा चरम अवसरवादीको राँईदलो छ । सरकार उनैले चलाउँछन, राजनीतिक नेतृत्व र व्युरोक्रेसी उनीहरू कै कुरा सुन्छ । आम भुई मान्छेका रोदनक्रन्दन र चित्कारहरूले सरकारलाइ छँुदैन । रेमिटान्स अर्थतन्त्रले देश वर्वाद भयो । सरकारलाई छुदैन । सरकारले कृषि उत्पादनमा किसानहरूलाई प्रोत्साहन दिदैन । कृषि उत्पादनमा सरकारको राम्रो ध्यान जाने हो भने कृषिलाई आधुनिकीकरण गरी कृषि उपजबाट आयात प्रतिस्थापन तथा निर्यात प्रवद्र्धन गरी राष्ट्रिय बजारको क्षेत्र समेत विस्तृत बन्ने थियो । त्यसैबाट विस्तारै विस्तारै औद्योगिक प्रवद्र्धनको गोरेटो बन्थ्यो तर सरकार यसमा मतलव राख्दैन । बरु देशमा भएका कामकाजी जनशक्ति सबैलाइ सोहोरेर विदेशतिर धकेल्ने र उनीहरूबाट प्राप्त भएकोे रेमिटान्सले देश धान्ने भन्दा अतिरिक्त सोच बन्नै सकेन । त्यसैले देश बिग्रियो । जनताले दुःख पाए । देशको यस्तो दुरावस्था लामो समयसम्म रहन दिनुहुदैन । दुरावस्था लम्वियो भने त्यसै भित्रका कमजाोरीहरू खोजेर विदेशी शक्तिले घुसपैठ गर्छन् ।
चलखेल गर्छन् । हामीलाई एक आपसमा उचाल्ने र पछार्ने गरेर हाम्रो देशबाट फाइदा लुटछन् । भाई फुटे गंवार् लुटे त्यसै भनेका होइनन् हाम्रा पुर्खाहरूले । देशमा व्याप्त यस्तो दुरावस्थाप्रति कोहीपनि अनभिज्ञ छैनौं । वर्तमान राजनीतिक नेतृत्व र कर्मचारी तन्त्रले जताततै डामाडोल पारेको कुरा सबैलाई थाहा छ । देशको यो लथालिंग भताभुंग र डामाडोल स्थितिमा सुधार ल्याउन कम्युनिष्टहरूको आँखा खुल्नैपर्दछ । यहाँ कम्युनिष्टको नाम बेचेर खाने कम्युनिष्टको खोल भिरेका साम्राज्यवाद र भारतीय विस्तारवादको एजेन्टहरूलाई भनेको होइन, देशको प्रगतिशील शक्तिहरूलाई भनिएको हो । प्रगतिशील शक्ति अर्थात वामपंथी शक्तिहरू सबै एकै ठाउँमा गोलबन्द भएर यो राष्ट्रियता वर्वादीको कारण खोज्ने, पत्ता लगाउने र त्यसको समाधानको लागि कटिबद्ध भएर लागिएन भने हामी नेपालका सबै कम्युनिष्टहरू मरेका मुर्दा समान हुने छौं । एमाले, माले, माओवादी, समाजवादी, माक्र्सवादी, जनमोर्चा, मसाल आदि इत्यादि नामका ठूला साना सबै कम्युनिष्ट पार्टीमा नेतृत्वपंक्ति खरावै भएपनि सबै नेता खराब छैनन् । कार्यकर्ताहरू कोही कसैका झोले होलान् तर सबै कार्यकर्ता एस्म्यान छैनन । त्यसैले सबै कम्युनिष्ट घटक भित्रका इमान्दार कमरेडहरू एक ठाउँमा उभिएर व्यापक छलफलमा जुट्नुपर्ने बेला आएको छ । वाम प्रजातान्त्रिक गठवन्धनको नाममा केपी ओली शेरवहादुर देउवा गुटले जसरी अनेक भ्रम फैलाएर सत्ता टिकाइरहेका छन्, त्यसलाई जनताका अगाडि नंग्याएर आगामी निर्वाचनमा वामपन्थीहरूको एकल वहुमत आउने गरी वाम एकताको पक्षमा इमान्दारिताका साथ लागौं । कम्युनिष्ट भन्ने तर निजीकरणलाई प्रोत्साहित गर्ने त्यसमा पनि दलाल पुँजी हुल्नेहरूका मोहपासबाट मुक्त भई समाजबादको लक्ष्यलाई केन्द्रमा राखेर व्यापक वाम एकता र संघर्षले सबै विकृति हटाउनै पर्दछ ।