Butwal Today

राष्ट्रपतिसँग विपिन जोशीका परिवारको भेट

८ भाद्र २०८२, आइतबार
अ+
अ-

काठमाडौं, ८ भदौ ।

प्यालेस्टिनी समूह हमासले बन्धक बनाएका कञ्चनपुरका विपिन जोशीका आमा पद्मा जोशी र बहिनी पुष्पा जोशीले राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतल निवासमा भेट गरेका छन् ।

इजरायलस्थित नेपाली दूतावासको समन्वयमा उनीहरू केही समयअघि इजरायल पुगेका थिए, जहाँ इजरायली राष्ट्रपति, प्रधानमन्त्री तथा विभिन्न मुलुकका राजदूतहरूसँग भेट गरेका थिए । उक्त भ्रमणपछि उनीहरू नेपाल फर्किएलगत्तै राष्ट्रपति पौडेलसँग भेट गरेका हुन् ।

भेटका क्रममा विपिनका आमाले छोरा निर्दोष विद्यार्थी भएको र मानवीय आधारमा उनको रिहाइका लागि अन्तर्राष्ट्रिय तहमा थप पहल गर्न आग्रह गरेकी थिइन् । बहिनी पुष्पाले पनि विपिनको अवस्था प्रति गहिरो चिन्ता व्यक्त गर्दै नेपाल सरकार र राष्ट्रपतिको सक्रिय पहल आवश्यक रहेको बताइन् ।

राष्ट्रपति पौडेलले विपिन जोशीको रिहाइका लागि आफ्नो तर्फबाट सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?