Butwal Today

टिप्पर र मोटरसाइकल ठोक्किँदा १ को मृत्यु

८ भाद्र २०८२, आइतबार
अ+
अ-

लमही,८ भदौ ।

दाङको देउखुरीमा टिप्पर र मोटरसाइकल एक आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

मृत्यु हुनेमा प्युठान ऐरावती गाउँपालिका–५ का १९ वर्षीय सुशील थापा रहेका छन् । इलाका प्रहरी कार्यालय गढवाका प्रमुख प्रहरी निरीक्षक डवल बहादुर बमका अनुसार उपचारका क्रममा भालुवाङ अस्पतालमा उनको मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक सोही स्थानका २२ वर्षीय प्रचण्ड थापा घाइते भएका छन् । उनलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि बुटवल ल्याइउको प्रहरीको भनाइ छ ।

आइतबार बिहान करिब ६ बजे गढवा गाउँपालिका–१ धोद्रे पुल नजिक चन्द्रौटा तर्फ गइरहेको ना ८ ख ८२५९ नम्बरको टिप्पर र विपरीत दिशाबाट आएको लु ३९ प ८३९० नम्बरको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

मृतकको शव पोस्टमार्टमका लागि लमही अस्पताल पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।