ट्रेंडिंग:

>> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट >> बाली बिमाप्रति किसानको आकर्षण बढ्दो, ९० प्रतिशतसम्म क्षति वहन >> नेतृत्व चयनका लागि एमालेले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने >> अध्यक्ष कार्की भन्छन् : सरकारले अनुमति दिए विदेशमा बिजुली बेच्न तयार छौँ >> मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि दलहरुबिच रस्साकस्सी >> पोखरालाई काठमाडौंले दियो १६६ रनको लक्ष्य >> भारतले नेपालमा ठूला भारु नोट प्रयोगमाथिको प्रतिबन्ध हटाउँदै >> प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान
वास्तविक घटनाको यथार्थ 

बाहिरी रूप र आवरणले जीवनमा पार्ने प्रभाव 

महिलाले पो जातले पाएर जति छेडे पनि हुन्छ तैँले किन छेडिस् ? कि अचेल सहरतिर गुन्डा हुँदै हिँड्छस् ? भनेर सोध्नुभयो । र, त्यहाँ रहेका अन्य काकाकाकी र साथीहरूले धेरै आलोचना पनि गरे । अरू बेला गाउँलेहरूको मप्रति जुन बोलीमा नम्रता हुन्थ्यो । यो पाली कानको तेस्रो टपले त्यो नम्रता हराउन थालेको थियो ।
७ भाद्र २०८२, शनिबार
७ भाद्र २०८२, शनिबार

जीवनका अनेक पलहरूमा मैले आफ्नै छालामा महसुस गरेँ कि मानिसहरू बाहिरी रूप, लुगा, कपालको रङ्ग, बोल्ने शैली, यहाँसम्म कि कानमा लगाएको टप हेरेर पनि हामीलाई छुटाउँछन् ।

कहिले शङ्काका नजरले, कहिले सम्मानका व्यवहारले । यो लेख मेरो आफ्नै जीवनका यस्ता घटनाहरूको सङ्गालो हो, जहाँ मैले बुझ्दै गएँ –कभरले पनि कुरा गर्छ । बाहिरी आवरणले समाजमा हाम्रो पहिचान, व्यवहार र अवसरमा कति फरक पार्दो रहेछ भन्ने वास्तविक अनुभवहरू यहाँ प्रस्तुत छन् ।

“Dont judge a book by its cover”  यो पङ्क्ति हामीले हाम्रो जीवनमा कयौंपटक सुनेकै छौँ होला । यसलाई नेपालीमा भन्दा किताबको छाप अथवा गाता हेरेर मूल्याङ्कन नगर्नुहोस् । अर्थात् कसैको बाहिरी रूप लुगा, अनुहार, बोलचाल वा देखिने तरिकाले मात्र उसको असली चरित्र, क्षमता मूल्याङ्कन गर्नु हुँदैन भन्ने अर्थ दिन्छ ।

यो भनाइ त हामीले कतै न कतै सुनेकै छौँ होला र कसै न कसैको मुखबाट सुनेकै हुन्छौँ । यो भनाइ कतिको साँचो कि झुटो भनेर आफैले बुझ्ने जिज्ञासा थियो भने जिन्दगीले मलाई यो प्रश्नको उत्तर सरल तर फरक ढङ्गले दियो ।

एकचोटीको कुरा हो । मलाई मेरो दाजुले केही कागजात लिएर बैङ्क तुरुन्तै आउन भन्नुभयो । म हतार हतार कागजात बोकेर गएको थिएँ भने त्यहाँ जाँदा मैले कालो सुरवाल, कलेजी रङको सर्ट र चप्पल लगाएर पुगेको थिएँ ।

त्यहाँ पुग्नासाथ सेक्युरिटी गार्डले “कहाँ हो बाबु ? भनेर प्रश्न गर्नुभयो । र, म त्यही रोकिएँ । केही क्षण पश्चात् भित्रबाट ‘भित्र आइज’ भन्ने आवाज आयो र म भित्र जान सफल भएँ तर त्यो दिनभर ‘के साँच्चिकै म आज मेरो लुगाले गर्दा रोकिएको थिएँ त ?’ भन्ने प्रश्नले हरबखत सताइरहेको थियो ।

त्यस कुराको ठ्याक्कै एक महिना पश्चात् फेरि मम्मीको केही पैसा जम्मा गराउने काम आयो र म त्यहाँ पुगे, तर यो पटक कुरा फरक थियो । मैले यो पाली खैरो रङको स्टकोट र प्यान्ट, कालो जुत्ता, रातो टाई, हातमा घडी र कालो चस्मा लगाएर हातमा फोन छोपेर गएको थिएँ ।

त्यहाँ पुग्नासाथ सुरक्षा गार्डले ढोका खोल्दिँदै नमस्कार सर भनेर स्वागत गर्नुभयो । यस्तो अनुभव गर्दा म आश्चर्यचकित भएँ । त्यसपश्चात् आफ्नो डिपोजिटको काम सकी बाहिर निस्किँदा फेरि गार्डले फेरि पनि आफै ढोका खोलिदिनुभयो । यो अनुभव पक्कै पनि मेरो लागि अनौठो र नौलो थियो भने यस सम्बन्धी बुझ्नलाई म मा अझै जिज्ञासा बढ्दै गयो ।

जीवनमा हरेक कुराको अनुभव बटुल्न खोज्ने म कक्षा ११ को परीक्षा दिए पश्चात् मैले कपाल आधा रातो गराउने निर्णय गरेँ । कपाल आधा रातो र आधा कालो । त्यो ऐनामा हेर्दा मलाई त म पक्कै पनि सुन्दर लागिरहेकै थियो भने बाहिर अरू मान्छेबाट कस्तो प्रतिक्रिया आउला भन्ने प्रश्न मनमा खुल्दुली भइरहेको थियो ।

कपाल आधा रातो गराएर बाटोमा हिँड्दा कोही मान्छे मुख छोपेर हाँस्थे, कोही हाँसो रोक्न नसकेर मुखै अगाडि हाँस्थे, कोही नजर मिलाउँदैनथे भने कोहीको नजर म माथि डरलाग्दो हुन्थ्यो । अझ सहज रूपले भन्नुपर्दा मलाई डेरो आँखाले हेर्थे, कोही मलाई डराएर हेर्थे भने कोहीले नजर नै मिलाउँदैनथे ।

त्यो ११ को परीक्षापछि बिदा थियो भने त्यस समयमा म मामाघर घुम्नका निम्ति गएको थिए । त्यहाँ पुग्नासाथ घर पछाडिको मामाले ओहो ! भान्जालाई त कलेज पो लागेछ भन्नुभयो । कपाल रातो गराएर हिँड्दा बाहिरी आवरण र रूपले पक्कै पनि कतै न कतै फरक पार्छ भन्ने कुरा त्यस समयमा अलिकति महसुस भयो ।

एक पटक त्यहाँ मलाई आमाले एक पसलमा केही सामान किन्नका लागि पठाउनुभयो । त्यो पसलको दिदीले मेरो परिचय माग्नुभयो र आफ्नो परिचय र व्यवसायको बारेमा पनि विस्तृत रूपमा बताउनुभयो तर केही क्षणको संवादपछि एक्कासि दिदीले ‘चुरोट पिउने भए भित्र ठाउँ छ है बाबु’ भनेर भन्नुभयो ।

उहाँको यो कुरा एकदमै अनौठो लाग्यो । सायद म धूम्रपान नगर्ने भएकोले होला तर पक्कै पनि उहाँलाई यो कुरा सोध्न बाध्य मेरो बाहिरी रूपले पक्कै गरायो । हाम्रो आफ्नै घरमा पनि पसल थियो ।

एक दिन साँझमा छिमेकको मामा आई दुई वटा बियर किनेर एउटा आफूलाई र अर्को मेरो हातमा थमाइदिएर “खानुहुन्छ भन्ने थाहा नै छ केरे मलाई भान्जा, एक पलको रमाइलो याद त हो नि भनेर प्रस्ताव राख्नुभयो ।

यस्तो उहाँले दुई तीन पटक गर्नुभएको थियो । पछि मामालाई हजुरले यस्तो प्रश्न किन राखिराख्नु हुन्छ ? मामा भनेर मैले प्रश्न गर्दा उहाँले तपाईँको त्यो रातो कपालले मलाई सोध्न बाध्य पार्छ भान्जा भन्नुभयो ।

अर्को एक जना दाइले मलाई चुरोट सल्काएर मेरो मुखमा हेर्दै भान्जा, अचेल चुरोटमा मह जस्तो स्वाद आउँछ नि कतिको ख्याल गर्नुभएको छ ? भनेर प्रश्न गर्नुभयो । मैले खै मामा धूम्रपान गर्नेलाई थाहा होला भनेर उत्तर दिए र उहाँ हाँस्नुभयो ।

सायद यो प्रश्न पनि मेरो बाहिरी रूपले नै सोध्न बाध्य पार्‍यो । त्यहाँ नजिकको चौतारीमा साँझ टोल वरिपरिका सबै मान्छे भेट भएर आफ्ना कुरा गर्थे भने मेरा साथीहरू पनि त्यही जम्मा हुन्थे र त्यहाँ जाँदा एउटा अर्को टीका मामा आएर – भान्जा श्री तानिन्छ होला नि ? भनेर सोध्नुभयो ।

मैले बुझेन र के हो त्यो भनेको भनेर सोधे ? उहाँले हाँस्दै त्यही के भान्जा शिवजीको बुटी भन्दै जवाफ दिनुभयो । यस्ता अनौठा र अकल्पनीय अवस्था र प्रश्नहरू मैले धेरै अनुभव गर्न पाएँ । त्यो सबै सबै मेरो रातो कपालको असर थियो ।

यति सबै कुरा अनुभव गरेर बाहिरी रूप र आवरणले कतै न कतै फरक त पार्छ है भन्ने कुरा मनमा आइसकेको थियो ।
हाम्रो नेपाली हिन्दु समाजमा बच्चाको कान छेडेर सानैमा सुन अथवा चाँदीको मुन्द्रा लगाइदिने प्रचलन हुन्छ भने मेरो पनि कान छेडिएका थिए तर विद्यालय जाँदा लाउन नपाइने कारण निकालेको थिएँ ।

तर कक्षा १२ को छुट्टी पश्चात् मैले फेरि टप लाउन थालेँ । तर अझै नौलो अनुभव गर्नका लागि देब्रे कानको माथि तर्फ पनि तेस्रो ठाउँमा छेडेँ र अर्को एउटा टप थपिएर अब कानमा तीन वटा टप पुगे ।

त्यस साँझ घरमा त्यसरी देखिँदा घरमा सबैले बिग्रेका, ट्यापे, लागू पदार्थ सेवन गर्नेले पो त्यस्तो कान छेडेर हिँड्छन् । किन त पनि लागू पदार्थ सेवन गर्न थालिस् र ? भनेर प्रश्न गर्नुभयो । बाहिरी आवरणले कतिसम्म असर पार्छ है भनेर मनमा नै दङ्ग पर्दै हाँसिरहेको थिएँ ।

ठ्याक्क अर्को दिन नागरिकताको सिफारिस गराउन र घुम्नका लागि म गाउँ गएको थिएँ । त्यहाँ साँझमा चौपारीमा सबै भेला भई गफ गर्थे भने म पनि सबैसँग भेटघाट गर्न त्यहाँ पुगेँ । त्यहाँ गएर ढोक भेट गर्न साथ एक अन्टीले ओहो ! अब त नाक मात्र छेड्न बाँकी रहेछ के रे भनेर भन्नुभयो ।

अर्को एक अंकलले किन छेडेको ? महिलाले पो जातले पाएर जति छेडे पनि हुन्छ तैँले किन छेडिस् ? कि अचेल सहरतिर गुन्डा हुँदै हिँड्छस् ? भनेर सोध्नुभयो । र, त्यहाँ रहेका अन्य काका काकी र साथीहरूले धेरै आलोचना पनि गरे ।

अरू बेला गाउँलेहरूको मप्रति जुन बोलीमा नम्रता हुन्थ्यो । यो पाली कानको तेस्रो टपले त्यो नम्रता हराउन हालेको थियो । उहाँहरूको त्यो कानमा टप किन लाएको भन्ने प्रश्नको उत्तर मैले “कानका चार वटा काम हुन्छन् । १ सुन्ने । २ चस्मा अड्याउने ।

३ एयरफोन लाउने र ४ भनेको टप अथवा मुन्द्रा लगाउने जे काम हुन्छ त्यसले त्यो काम त अवश्य पनि पूरा गर्नुपर्यो । त्यही भएर टप लगाएको भनेँ । यति सुन्नासाथ कोही पनि बोल्नुभएन । आफ्नो नागरिकताको सिफारिस बनाउने काम सकेर म बुटवल फर्केँ । अनि कानको टप निकालिदिएँ ।

यी सबै अनुभव पश्चात् म एउटा निष्कर्षमा पुगेको थिएँ कि DONT JUDGE A BOOK BY ITS COVER भन्ने कुरा गलत हो र बाहिरी रूप र आवरणले फरक पार्छ । मेरो त्यो बैंकको अनुभव पश्चात् म सधैँ घरबाट केही कारणले निस्किँदा सधैं कपाल कोरेर, सफा स्त्री गरेको टिसर्ट, सर्ट, कोट, पाइन्ट, घडी, चस्मा, पालिस गरेका जुत्ता लगाएर घरबाट यसरी निस्किँदा बाटोमा भेटिने सबैले सम्मानले बोल्थे, सम्माननीय व्यवहार गर्थे ।

पसल, कपाल काट्ने ठाउँ, बजार जाँदा भिड भएको छ भने मैले अरूको तुलनामा अलि चाँडै नै पालो पाउँथे । नचिनेका मान्छे पनि मसँग परिचय गर्न खोजिरहेका हुन्थे । यो सबै मेरो व्यवहार बाहिरी रूप र आवरणका कारणले थियो । त्यसकारण DONT JUDGE A BOOK BY ITS COVER भनाइ सिधा रूपमा गलत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?