© २०२३
बुटवल, ७ भदौ ।
रोटरी क्लब अफ बुटवल डाउनटाउनले तीज मिलन कार्यक्रमको अवसरमा बुटवलको एक आश्रमलाई २० हजार ५ सय रुपैया बराबरको खाद्यान्न सहयोग गरेको छ । औपचारिक कार्यक्रममा हुने फजुल खर्चलाई सामाजिक कार्यमा लगाउने अभियान अन्तरगत शुक्रबार शुभकामना आदानप्रदान तथा सहयोग हस्तान्तरण कार्यक्रम गरेको हो ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवि अर्यालले देविनगरस्थित नेपाल अपाङ आश्रमका अध्यक्ष डोल बहादुर रामदामलाई सहयोग रकम हस्तान्तरण गरिन । उपप्रमुख अर्यालले समाज परिवर्तन हुने गरि नया र नमुना अभियान थाल्न सुझाव समेत दिईन । तीज पर्वको परम्परागत मुल्य र मान्यतालाई गलत ढंगबाट ब्याख्या गरिदा यसको महत्व घटेको उनले दुखेसो गरिन । नया पुस्तामा भड्किलो चाडको रुपमा पहिचान बनेको भन्दै यसलाई तोड्ने गरि सबै लाग्नुपर्ने उनले सुझाव दिईन ।
कार्यक्रममा क्लबका अध्यक्ष बाबुराम बन्जाडेले फजुल खर्चलाई सामाजिक कार्यमा नारासहितको अभियानलाई आफुहरुले अघि बढाएको बताए । औपचारिक कार्यक्रममा खादा, माला, फुलको गुच्चा, मायाको चिनोमा खर्च हुने अनावश्यक रकमवापतको २० हजार ५ सय रुपैयाको खाद्यान्न अपाङ आश्रममा हस्तान्तरण गरिएको उनले बताए ।
कार्यक्रममा क्लबका पुर्वअध्यक्ष टंक पराजुली, मान बहादुर बिक, भिमराज श्रेष्ठ, राजेन्द्र ढकाल, पिताम्बर ज्ञवाली, जीवन अधिकारी, जबिन कक्षपति, क्लबका प्रेसिडेन्ट इलेक्स धर्मदत्त ज्ञवाली, कोषाध्यक्ष दल बहादुर क्षेत्रीले मानविय सेवा भावनालाई प्राथमिकतामा राखेर समुदायमा काम गर्दै आएको बताए ।
आश्रमलाई शुभ जन्मदिवस, विवाह उत्सव, पितृकार्य र संघसंस्थाहरुको सहयोग हुँदै आएको अध्यक्ष डोल बहादुर रामदामले बताउदै करीब ३५ जना आश्रित रहेको बताए ।