ट्रेंडिंग:

>> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल

ईभेन्ट ब्यवसायीलाई ट्राफिक प्रशिक्षण

७ भाद्र २०८२, शनिबार
७ भाद्र २०८२, शनिबार

बुटवल, ७ भदौ ।
रुपन्देही ईभेन्टस ब्यवसायी संघले आफना ब्यवसायीहरुलाई एक दिने ट्राफिक सचेतना सम्बन्धि प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । साना सवारी प्रयोग हुने ब्यवसायीहरुलाई ट्राफिक नियमकानुनबारे ज्ञान दिने गरि नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलको सहकार्यमा संघले शनिबार कार्यालय परिसरमा ट्राफिक सचेतना तथा अन्तरक्रिया कार्यक्रम गरेको हो ।

कार्यक्रममा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलका प्रहरी निरिक्षक गोपाल रायमाझीले ऐनकानुनलाई सबैबाट मान्न जरुरी रहने भन्दै समस्याको समाधानका उपायहरु अप्नाउन सुझाव दिए । सामान्यतया ब्यवसायीहरुलाई कुर्सीहरु नखस्ने गरि बाध्ने, लामा पाईपहरुमा अघिपछि दुबैतर्फ रातो कपडा बाध्ने जस्ता सुरक्षाका उपायहरु अप्नाउन उनले सुझाव दिए । सामान बोक्न गरि तयार भएको पिकअप भ्यानको प्रयोग लेभर बोक्न प्रयोग गर्न नहुने तर्क दिए । सवारी साधनहरु नबिकरण नहुने सबैभन्दा ठुलो समस्या रहेको उनले बताए । ‘हामीहरु पनि ऐननियम र नियमावलीमा बाधिएका छौ ।’–उनले भने । सवारी तथा यातायात ब्यवस्था ऐन २०४९ र नियमावली २०५० मा रहेर ट्राफिक व्यवस्थापन कार्यालयले कार्यान्वयन गर्दै आएको बताए । शहरी क्षेत्रमा शुभकार्य र दिवंगत घरमा टेन्ट लगाउने गरिदा त्यसको ढुवानीमा ब्यवसायीहरुमा कठिनाई रहेको उनले स्वीकारे । कुनै समय दुर्घटनामा मानविय क्षति हुने संख्या धेरै भएको भन्दै उनले पछिल्लोसमय यसमा न्युनिकरण भएको उनले दाबी गरे । ‘छतमा यात्रु चढाउन रोक्दा सफल भएको हौ ।’– उनले भने । ओभरलोडका कारण सडक र पुल भत्किने र कमजोर हुने अवस्था आएको हुदा यसमा नियन्त्रणलाई प्राथमिकता दिएको उनले बताए ।

कार्यक्रममा कार्यालयका प्रहरी वरिष्ठ नायव निरिक्षक ज्ञानु पाण्डेले सवारी दुर्घटनाको वर्तमान अवस्था र यसको न्युनिकरणबारे जानकारी दिए । उनले सवारी हाक्दा कुन क्षेत्र, कस्तो अवस्थामा छ भन्ने कुरा चालकको ध्यान जान जरुरी हुने बताए । सामग्री लिएर हिड्दा सवारीको अवस्था अनुसारको तौल, सुरक्षाको चिन्हको प्रयोग, पार्किङजस्ता कुराहरुमा ध्यान दिन जरुरी रहने उनले बताए । कानुनी कुरा क्षम्य नहुने उनले तर्क दिदै उनले जोखिमलाई रोक्ने गरि लाग्नुपर्ने बताए । चालकबाट हुने गल्तीको कारण हुने दुर्घटनाको दोषी सवारीधनि पनि हुने भन्दै समयमा नै यसमा ध्यान दिनुपर्ने सुझाव उनले दिए । उनले सवारी ओभरटेकको अवस्था, हेडलाईट र फोकस लाईटको प्रयोग जस्ता विषयमा जानकारी दिए ।
कार्यक्रममा रुपन्देही निर्माण ब्यवसायी संघ बुटवल शाखाका अध्यक्ष बुद्धिराज थापा, रुपन्देही क्याटरिङ तथा मिष्ठान ब्यवसायी संघका अध्यक्ष कमल पोखरेलले जोखिम रोक्ने र ब्यवसाय सहज हुने गरि लाग्न आग्रह गरे ।

कार्यक्रममा संघका अध्यक्ष किरण श्रेष्ठले सरोकारवाला निकायहरुसंग सहकार्य र सहजिकरण हुने गरि अन्तरक्रिया कार्यक्रम गरिएको भन्दै ब्यवसायलाई चलायमानसंगै सुरक्षा विधिहरु अप्नाउन जरुरी रहेको बताए । ट्राफिक नियम कानुनबारे बुझ्न र ब्यवसायमैत्री बनाउन उनले आग्रह गरे ।
कार्यक्रममा संघका उपाध्यक्ष मोहमद ईसरार, सचिव दुर्गेश गुप्ताले टेन्टको पाईपको लम्बाई नै १८ फिट हुने र त्यो ढालाभन्दा माथि जाने हुने त्यसकै कारण जरिवाना तिर्नुपर्ने बाध्यता रहेको भन्दै कानुनी बाध्यतासंगै समाजमा ब्यवहारिकतालाई कार्यान्वयन गर्न आग्रह गरे ।
कार्यक्रम संयोजक कोषाध्यक्ष महेश पौडेलले ब्यवसायीहरुको हकहित र सुरक्षाका विषयमा संघबाट निरन्तर अभियानहरु चलाउने बताए । संघमा एक सय बढी ब्यवसायीहरु आवद्घ रहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?