Butwal Today

बलात्कारको झुटो मुद्दा हाल्ने महिलालाई २० वर्षको जेल सजाय

६ भाद्र २०८२, शुक्रबार
अ+
अ-

काठमाडौं, ६ भदौं ।

राजस्थानको अलवरमा एक महिलालाई बलात्कारको झुटो आरोप लगाएको भन्दै २० वर्षको जेल सजाय सुनाइएको छ ।

महिलाले आफ्नै भतिजामाथि बलात्कारको आरोप लगाएकी थिइन् । प्रहरी अनुसन्धानमा यी दुईबिच ६ महिनामा ८ सय ३२ पटक फोनमा कुराकानी भएको पाइएको छ ।

अनि ती महिला आफैँले भतिजालाई घरमा बोलाउँथिन् । सबै आरोप झूटो पाए पछि अदालतले महिलालाई पोक्सो ऐन अन्तर्गत दोषी ठहर गरेको हो ।  न्यायाधीश हिमाकणी गौरले आफ्नो फैसलामा काकीको हैसियत आमाको बराबर भएको र महिलाको यो कार्य लाजमर्दो भएको बताइन् ।