ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

पाल्ही बहुमखी क्याम्पसमा विद्यार्थी बढ्दै 

६ भाद्र २०८२, शुक्रबार
६ भाद्र २०८२, शुक्रबार

नवलपरासी, ०६ भदौ ।

जिल्ला सदरमुकाम परासीस्थित पाल्ही बहुमुखी क्याम्पसमा अहिले विद्यार्थी आकर्षण बढ्दै गएको क्याम्पसले जनाएको छ । जिल्लाकै पुरानो क्याम्पसमा विद्यार्थी आकर्षण बढ्न थालेपछि केही स्वार्थ समूहले क्याम्पसबारे गलत टीकाटिप्पणी गर्दै आएकोबारे कुरा खण्डन गर्दै बिहीबार क्याम्पसले पत्रकार सम्मेलन गरी क्याम्पसको अवस्था जानकारी गराएको हो ।

देशभरिका विभिन्न सामुदायिक क्याम्पसमा विद्यार्थी सङ्ख्या घट्दै गए पनि पाल्ही क्याम्पसमा विद्यार्थीको आकर्षक बढेको क्याम्पसका अध्यक्ष राधेश्याम पाठकले पत्रकार सम्मेलन गरी जानकारी गराएका हुन् ।

उनले विद्यार्थीको अवस्था, भौतिक पूर्वाधार, विद्यार्थीले उत्तीर्ण गर्ने अवस्थाबारे समेत उनले तथ्याङ्क प्रस्तुत गरेका थिए । विगत ३ वर्षको तथ्याङ्क प्रस्तुत गर्दै उनले बर्सेनि विद्यार्थी सङ्ख्या बढ्दै गएको जानकारी गराएका थिए ।

तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७९/०८० मा छात्र ९८ र छात्रा २३३ गरी कुल ३३१ जना विद्यार्थी भर्ना भएका थिए, भने आर्थिक वर्ष २०८०/०८१ मा १५८ छात्र र ३४८ छात्रा गरी कुल ५०६ जना विद्यार्थी भर्ना भए ।

अहिले चालु आर्थिक वर्ष २०८१/०८२ मा १३७ जना छात्र र ३५६ जना छात्रा गरी कुल ४९३ विद्यार्थी भर्ना छन् । अहिले कक्षा १२ को परिक्षाफल प्रकाशित भएका कारण पहिलो वर्षमा विद्यार्थी भर्ना हुने क्रम अझै बाकी नै रहेको छ, उनले भने, त्यसमा पनि केही सम्पुरक परीक्षा पनि दिएर पास हुने विद्यार्थीले समेत भर्ना हुने छन् ।

यो वर्ष ६ सय भन्दा बढी विद्यार्थी भर्ना हुने अनुमान छ, उनले भने, उत्तीर्ण हुनेमा पनि राष्ट्रिय परिणामको अनुपातमा क्याम्पसमा बढी विद्यार्थी पास हुने क्रम छ । राष्ट्रिय रूपमा विद्यार्थी २२ प्रतिशत पास हुँदा पाल्ही क्याम्पसमा ५० प्रतिशत भन्दा बढी नै पास हुने गरेका छन् ।

चार बर्सै विविएस र विएड दुई वटा संकायमा पठन पाठन हुने गरेको उक्त  क्याम्पसमा २१ जना प्राध्यापक र ६ जना कर्मचारी कार्यरत छन् । बार्षिक २४ लाख भन्दा बढी रकम विभिन्न छात्रवृति समेत क्याम्पसले प्रदान गर्दै आएको उनले सुनाएका थिए ।

चालु आर्थिक बर्षका लागि क्याम्पसले चालु खर्च १ करोड ५२ लाख र पुजिँगत ६० लाख ४१ हजार गरी २ करोड १२ लाख ४१ हजारको बजेट समेत पास भइसकेको जानकारी गराएका थिए । ७ बिघा ८ कठठ क्षेत्रफलमा रहेको उक्त   क्याम्पसमा ३४ कोठा रहेको ५ वटा भवन छ ।

कम्प्युटर ल्याब, सभा हल, पुस्तकालय,१० वटा शौचालय, चमेनागृह, साइकल स्टाण्ड, बास्केटबल, ब्याडमिन्टल कोर्ट सहितको खेलमैदान, खानेपानीको उचित ब्यस्थापन सहित, कक्षा कोठामा स्मार्टबोर्ड रहेको छ ।

प्रत्येक विद्यार्थीलाई आधारभूत कम्प्युटर शिक्षा सहित प्रदानगरि शैक्षणिक प्रमाणपत्रको अतिरिक्त  क्याम्पसले आधारभूत कम्प्युटर शिक्षा प्रदानको प्रमणपत्र दिइने गरेको उनको भनाइ थियो । जिल्लाकै पुरानो क्याम्पस अहिले अब्बल अवस्थामा पुगेकोमा खुसी समेत ब्यक्त   गरेका थिए ।

अहिले प्रतिस्पर्धात्मक अवस्थामा आई पुग्दा निजी क्याम्पसलाई असर पार्न सक्ने भएकोले भर्नाको बेला क्याम्पसबारे दुराशय मनसाय राखी सामाजिक सञ्चालनमा टीकाटिप्पणी गरेर अव्यवस्था प्रतिस्पर्धा गर्ने चरित्र देखिएको समेत क्याम्पस प्रशासनले गुनासो गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?