© २०२३
गुल्मी, ६ भदौ ।
गुल्मीमा खोलाले बगाएर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाको इस्मा गाउँपालिका ‐१ राहले निवासी वर्ष ५३ का मान बहादुर कुमाल रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी गंगा बहादुर सारुले जानकारी दिएका छन ।
गत दुई दिनदेखि घरबाट हराईरहेका कुमालको शव शुक्रबार बिहान इस्मा गाउँपालिका ‐२ छल्दीटार स्थित छल्दी खोलाको किनारमा माछा मार्ने क्रममा स्थानीयले देखेपछि प्रहरीमा खबर गरेका थिए । मानसिक सन्तुलन गुमाएका कुमाल बुधबार राती दुई वजेको समयमा घरवाट निस्केर हिडेको परिवारले जनाएको छ ।
घटनाको जानकारी पाएपछि हस्तिचौर र धनार्जी प्रहरी चौकीबाट प्रहरी टोली घटना स्थल पुगेको थियो । मृतक कुमालको शवलाई घटनास्थलमा मुचुल्का गरेपछि अहिले पोष्टमार्टमका लागि सदरमुकाम तम्घास ल्याई पुराईएको छ । घटनाको बारेमा थप अनुषन्धान भईरहेको प्रहरी नायव उपरिक्षक एवं सूचना अधिकारी सारुले बताएका छन ।