ट्रेंडिंग:

>> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट >> बाली बिमाप्रति किसानको आकर्षण बढ्दो, ९० प्रतिशतसम्म क्षति वहन >> नेतृत्व चयनका लागि एमालेले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने >> अध्यक्ष कार्की भन्छन् : सरकारले अनुमति दिए विदेशमा बिजुली बेच्न तयार छौँ >> मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि दलहरुबिच रस्साकस्सी >> पोखरालाई काठमाडौंले दियो १६६ रनको लक्ष्य >> भारतले नेपालमा ठूला भारु नोट प्रयोगमाथिको प्रतिबन्ध हटाउँदै >> प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान

पालिकास्तरीय शिक्षा कचहरी

६ भाद्र २०८२, शुक्रबार
६ भाद्र २०८२, शुक्रबार

बर्दिया, ६ भदौँ ।

बारबर्दिया नगरपालिकामा पालिका स्तरीय शिक्षा कचहरी कार्यक्रम सम्पन्न भएको छ । वास गेन्स परियोजनाको आयोजना र बारबर्दिया नगरपालिका को सहकार्यमा वडा नं. ४, पदनाहस्थित पाञ्चजन्य माध्यमिक विद्यालयमा उक्त कार्यक्रमको आयोजना गरिएको हो ।

वास गेन्स परियोजना तेस्रो वर्षमा प्रवेश गरेसँगै विद्यालयमा गुणस्तरीय शिक्षा सुनिश्चित गर्न प्रत्येक वर्ष संस्था ले शिक्षा कचहरी सञ्चालन गर्दै आए को परियोजना संयोजक जगदीश प्रसाद थारूले जानकारी दिएका छन् ।

कार्यक्रममा विद्यालयमा शैक्षिक गुणस्तर वृद्धि गर्ने उपायहरूसँगै सरसफाइ, खानेपानी र स्वच्छता सुधारका विषयमा विस्तृत छलफल भएको थियो ।

सहभागीहरूले विद्यालय शिक्षामा देखिएका चुनौतीहरू, सरसफाइको अवस्था, खानेपानीको अभाव, स्वच्छता सामग्रीको कमी लगायतका समस्या र तिनको दिगोपना समाधानबारे आफ्ना सुझाव प्रस्तुत गरेका थिए ।

सहभागीबाट उठाइएका प्रश्नहरूको सम्बोधन गर्दै पालिका प्रमुख छविलाल थारू र प्रशासकीय अधिकृत टिकानाथ गोसाईंले विद्यालय सुधार, शैक्षिक गुणस्तर वृद्धिका लागि पालिकाले गरिरहेका प्रयास तथा आगामी योजनाबारे जानकारी गराए ।

उनीहरूले शिक्षा मात्र नभई सरसफाइ, खानेपानी र स्वच्छता जस्ता आधारभूत आवश्यकता पूरा नगरी गुणस्तरीय शिक्षा दिन नसकिने भएकाले पालिकाले यी विषयलाई प्राथमिकतामा राखेर काम गर्दै आएको बताए ।

कार्यक्रममा सहभागी प्रतिनिधिहरूले विद्यालय शिक्षामा सुधार ल्याउन शिक्षकहरूको क्षमता अभिवृद्धि, विद्यार्थीमैत्री वातावरण, बालबालिकामा अनुशासन र नियमितताको विकास, शौचालय र सुरक्षित खानेपानीको व्यवस्था, किशोरीमैत्री कार्यक्रम, र सरसफाइ सामग्रीको उपलब्धताजस्ता पक्षलाई मुख्य रूपमा जोड दिए ।

शिक्षा कचहरीले विद्यार्थी, शिक्षक, विद्यालय व्यवस्थापन समिति, बाल क्लब र किशोरी क्लबका प्रतिनिधिहरूलाई एउटै मञ्चमा ल्याएर प्रत्यक्ष छलफल गर्ने अवसर दिएको सहभागीहरूले बताएका छन् ।

कार्यक्रमले विद्यार्थी र समुदायले भोगिरहेका समस्या जनप्रतिनिधि तथा सम्बन्धित निकायमाझ प्रत्यक्ष आफ्ना कुराहरू राख्ने वातावरण सिर्जना गरेको भन्दै उनीहरूले कार्यक्रम प्रभावकारी भएको बताएका छन् ।

शिक्षा कचहरी कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि, विषयगत शाखाका प्रमुख, विद्यालयका प्रधानाध्यापक, शिक्षक, व्यवस्थापन समिति, विद्यार्थी, बाल क्लब र किशोरी क्लबका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

सहभागीहरूले यस्तो कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिँदै शिक्षा क्षेत्रको सुधारका लागि सामूहिक प्रयास आवश्यक भएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?