Butwal Today

सदनलाई छलेर करको दर हेरफेर गर्नु आर्थिक अपराध हो – उपमहासचिव पुन

६ भाद्र २०८२, शुक्रबार
अ+
अ-

काठमान्डौ, ६ भदौ ।

नेकपा माओवादी केन्द्रले सदनलाई छलेर करका दर हेरफेर गरिएको भन्दै आपत्ति जनाएको छ ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा माओवादी उपमहासचिव बर्षमान पुनले सदनलाई छलेर करका दर हेरफेर गरेको बिषय बाहिर आएको भन्दै आपत्ति जनाएका छन ।

आर्थिक विधेयक पास भएको पहिलो चौमासिकभित्रै करको दरमा हेरफेर गरेको प्रति माओवादीको गम्भीर ध्यानाकर्षण भएको पुनले बताए । उनले सदनलाई छलेर करका दर हेरफेर गर्नु आर्थिक अपराध हुन जाने जिकिर गरे ।

उनका अनुसार बिनाकारण करका दर हेरफेर भएकाले यस बिषयमा अर्थमन्त्रीले सदनमा जवाफ दिनुपर्ने छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?