© २०२३
काठमान्डौ, ६ भदौ ।
नेकपा माओवादी केन्द्रले सदनलाई छलेर करका दर हेरफेर गरिएको भन्दै आपत्ति जनाएको छ ।
शुक्रबार प्रतिनिधिसभा बैठकमा माओवादी उपमहासचिव बर्षमान पुनले सदनलाई छलेर करका दर हेरफेर गरेको बिषय बाहिर आएको भन्दै आपत्ति जनाएका छन ।
आर्थिक विधेयक पास भएको पहिलो चौमासिकभित्रै करको दरमा हेरफेर गरेको प्रति माओवादीको गम्भीर ध्यानाकर्षण भएको पुनले बताए । उनले सदनलाई छलेर करका दर हेरफेर गर्नु आर्थिक अपराध हुन जाने जिकिर गरे ।
उनका अनुसार बिनाकारण करका दर हेरफेर भएकाले यस बिषयमा अर्थमन्त्रीले सदनमा जवाफ दिनुपर्ने छ ।