© २०२३
काठमाडौँ ।
थाइल्याण्डका पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्रा माथि राजद्रोहसम्बन्धी मुद्दा अदालतले खारेज गरेको छ ।
सिनावात्रामाथि लगभग १० वर्षअघि दक्षिण कोरियाली समाचारपत्रलाई दिएको अन्तर्वार्तामा राजतन्त्रको अपमान गरेको आरोप लागेको थियो, जसका कारण दोषी ठहर भए १५ वर्षसम्मको जेल सजाय हुन सक्ने खतरा थियो ।
थाइल्याण्डको कडा राजद्रोह कानूनअनुसार राजा, रानी र युवराजविरुद्ध अपमानजनक भनाइ गर्नु अपराध मानिन्छ । यद्यपि, पछिल्ला वर्षमा यो कानून कार्यकर्ता र विपक्षी पार्टीका सदस्यहरूलाई दमन गर्न प्रयोग भइरहेको भन्ने आरोपहरू उठेका छन् ।
अदालतले यसपटक थाक्सिनले प्रत्यक्ष रूपमा नाम नलिएको कारण उक्त क्रियाकलापलाई अपराध नठहराउने निर्णय गरेको छ ।
यो फैसला थाक्सिनकी छोरी र निलम्बित प्रधानमन्त्री पेतोङ्तार्न सिनावात्रा विरुद्धको मुद्दा टुङ्गिनै लाग्दा आएको हो । अदालतको यो निर्णय उनका समर्थकहरूका लागि सकारात्मक मानिए पनि थाक्सिनलाई अझै केही अन्य मुद्दाहरूको सामना गर्नुपर्ने अवस्था रहनसक्ने बताइएको छ ।