ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

ब्रिटिस ग्रामर स्कुलमा तीज महोत्सव : सुपर प्यारेन्ट्स डान्सले दर्शक मोहित

६ भाद्र २०८२, शुक्रबार
६ भाद्र २०८२, शुक्रबार

तिलोत्तमा, ६ भदौ।

रुपन्देहीको तिलोत्तमास्थित ब्रिटिस एजुकेसन ग्रुपद्वारा सञ्चालित ब्रिटिस ग्रामर स्कुल (नमस्ते एकेडेमी) मा हरितालिका तीज पर्वको अवसरमा विविध सांस्कृतिक प्रस्तुति, सुपर प्यारेन्ट्स डान्स र दरसहित विशेष तीज महोत्सव भव्य रुपमा सम्पन्न भएको छ ।

नेपालीहरूको मौलिक संस्कृतिलाई जगेर्ना गर्दै बालबालिका, अभिभावक र विद्यालयबीच आपसी आत्मीयता सुदृढ गर्ने उद्देश्यसहित आयोजित कार्यक्रममा विद्यार्थी तथा अभिभावक दुवैले आ–आफ्ना प्रतिभा प्रस्तुत गरेका थिए ।

ब्रिटिस एजुकेसन ग्रुपका कन्ट्री डाइरेक्टर तथा स्कुल हेड अरुणकुमार कँडेलले तीज महोत्सवलाई मौलिक संस्कृति जोगाउने महत्त्वपूर्ण अवसरका रूपमा प्रस्तुत गर्दै भने, “साहित्य र संस्कृति समाजका ऐना हुन्, बालबालिका तिनका बिम्ब हुन् । यस्ता कार्यक्रमले विद्यार्थीलाई सृजनशील मात्र होइन, जीवन बुझ्ने र सफलताको बाटो पहिल्याउने अवसर पनि दिन्छन् ।”

विद्यालयका संस्थापक प्राचार्य राजेन्द्र कुँवरले सुपर प्यारेन्ट्सलाई दर र मायाको चिनोका साथ सम्मान गर्दै अभिभावकको सहभागिता नै विद्यालयको विशेष पहिचान भएको बताए ।

महोत्सव दुई चरणमा सम्पन्न भयो । पहिलो चरणमा प्रि–प्राइमरीदेखि कक्षा १० सम्मका विद्यार्थीहरूले तीज गीत, नृत्य, भेषभूषा र कला–संस्कृति प्रस्तुत गरेका थिए । दोस्रो चरणमा भने अभिभावकले आफ्ना सन्तानसँगै स्टेजमा नृत्य प्रस्तुत गर्दै दर्शकलाई मोहित पारे ।

कार्यक्रम संयोजक रोमा शर्माका अनुसार, “यसपटक ५० भन्दा बढी अभिभावकले सुपर प्यारेन्ट्स डान्स प्रतियोगितामा सक्रिय सहभागिता जनाएका थिए भने ४०० भन्दा बढी दर्शक–अभिभावकको उपस्थिति रहेको थियो ।”

सुपर प्यारेन्ट्स डान्स प्रतियोगितामा सहभागी अभिभावकहरूले आफ्ना बालबालिकासँगै नृत्य गर्दै पारिवारिक आत्मीयता, सामीप्यता र आपसी सम्बन्ध झल्काएका थिए । दर्शकले ‘प्यारेन्ट्स मात्र नभई सँगसँगै कलाकार पनि हुन्’ भन्ने अनुभूति लिएको देखिन्थ्यो ।

विद्यालयकी निर्देशक पुष्पा कँडेल, संस्थापक प्राचार्य राजेन्द्र कुँवर र स्कुल हेड अरुणकुमार कँडेलको विशेष उपस्थितिमा भएको कार्यक्रममा कक्षा पीजीदेखि कक्षा १० सम्मका विद्यार्थीहरूले सञ्चालन जिम्मेवारी लिएका थिए भने समन्वयमा शिक्षिका अम्बिका अर्याल, पूजा थापा र बसन्ता कोइरालाले सक्रिय भूमिका निर्वाह गरेका थिए ।

ब्रिटिस ग्रामर स्कुल मोफसलकै एक मात्र प्रोग्रेसिभ तथा क्याम्ब्रिज स्कूलको रूपमा चिनिन्छ, जहाँ नियमित पठनपाठनसँगै अतिरिक्त क्रियाकलापलाई पनि पाठ्यक्रमसँगै जोडिएको छ ।

विद्यालयले यही आइतबार कक्षा ११ का नयाँ विद्यार्थीहरूको स्वागत तथा कक्षा १२ उत्तीर्णहरूको ग्रेजुएसन कार्यक्रम टाइगर प्यालेस, बाइ सोल्टीमा आयोजना गर्ने तयारी गरेको छ । सहप्राचार्य उमेश कँडेल र महेश पौडेलका अनुसार, यस वर्ष विद्यालयले व्यवस्थापन संकायमा १०० प्रतिशत र विज्ञान संकायमा ९६ प्रतिशत नतिजा ल्याएर तिलोत्तमा नगरमै पहिलो स्थान हासिल गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?