© २०२३
बुटवल, ६ भदौ ।
विश्व बन्धुत्व दिवस तथा राजयोगिनी दादी प्रकाशमणीको १८ औ स्मृति दिवस २५ अगस्तको अवसरमा बह्मकुमारी ईश्वरीय विश्वविद्यालयको समाज सेवा प्रभागको आयोजनामा बृहत् रक्तदान महाअभियान २०८२ शुरु भएको छ ।
नेपाल, भारतसहित एशियाका देशहरुमा आयोजना हुने कार्यक्रमबाट १ लाख पिन्ट रगत संकलन हुने लक्ष्य संस्थाको रहेको छ ।
यसैबिच ४ दिने बृहत् रक्तदान महाअभियानको बह्मकुमारी ईश्वरीय विश्वविद्यालय नेपाल क्षेत्रिय कार्यालय बुटवलमा औपचारिक उद्घाटन गर्दै लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्ण बहादुर घर्तिले सबै दानहरुमध्ये पुण्य प्राप्तीको दान रक्तदान भएको बताए । सार्वजनिक जिवन र ब्यक्तिगत जिवनमा हुने फरक बारे प्रकाश पार्दै उनले नेताहरु जनताको सेवकका हैसियतमा योगदान दिन जरुरी रहेको तर्क दिए ।
प्रदेश प्रमुखका हैसियतमा आफुले सामान्य सुविधाबाहेक अन्य नलिएको समेत दाबी गर्दै उनले काठमाडौको दरबारमा प्रवेश नगरेको, दैनिक भ्रमणभत्ता, स्वस्थ्य उपचार जस्ता कुनै सेवा नलिएको बताए । आफू लुम्बिनी प्रदेशबासीको सेवक भएको भन्दै उनले जनताको भाव बुझने र सेवा दिन हरबखत तयार रहेको बताए । ‘तपाईहरुको गुनासो लिएर कुनै पनि बेला मलाई भेट्न आउनुस ।’–उनले भने । सधै जनता मालिक र नेताहरु सेवक हुने तर्क दिदै उनले सेवकलाई मालिकले चलाउन जान्नुपर्ने तर्क दिने दिए ।
कार्यक्रममा लायन्स डिष्ट्रिक ३२५ पि का गर्भनर बालाराम भट्टराईले रक्तदान गरे । १६५ क्लबहरु सहकार्य गर्ने बताए । विश्व बन्धुत्व बिना समाज अघि नबढ्ने भन्दै उनले यसको अगुवाई गरेको हुदा पनि आफुहरु लागेको बताए । सर्वाधिक रक्तदान गर्ने संस्थाका साथै काठमाडौमा रिसर्च सेन्टरका रुपमा काम गर्न चाहेको उनले बताए । आठ वटा कचमा आफुहरु निरन्तर लागेको उनले बताए ।

कार्यक्रममा बह्मकुमारी ईश्वरीय विश्वविद्यालय नेपालका सहनिर्देशक कमला दिदीले नेपालका १३३ केन्द्रहरुमा चार दिनसम्म रक्तदान कार्यक्रम हुने बताईन । शहरी तनाव र अब्यवस्थित जिवन बिताईरहेका मानिसलाई विश्वविद्यालयबाट ध्यान र योगबाट मानसिक तनाव कम गर्ने विधि सिकाउदै आएको उनले बताईन ।
कार्यक्रममा लुम्बिनी प्रदेशका पुर्वमन्त्री भोज प्रसाद श्रेष्ठ, बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेय, नेपाल रेडक्रस सोसाइटी रुपन्देहीका मन्त्री टेक बहादुर थापाले बुटवलको गौरब बढाउने पार्क, सामाजिक कार्यमा बह्मकुमारी संस्थाको महत्वपूर्ण योगदान रहेको बताए ।
कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले रक्तदान भनेको ब्यक्ति स्वस्थ रहनु भएको बताए । खेर जाने रगतलाई पुण्य काममा लगाउन पाउने उनले बताए । एक सय घण्टा रक्तदान कार्यक्रम महत्वपूर्ण रहेको छ । रगतको अभाव रहेको हुदा पनि पुण्य कर्मको अभियानलाई सबै क्षेत्रबाट सहयोग जरुरी रहेको उनले बताए । हालसम्म ४८ वटा देशहरुमा गरिएको रक्तदानबाट २९ हजार युनिट रगत संकलन गरेको रेकर्ड रहेको उनले बताए ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रुपन्देही रक्तसञ्चार केन्द्र बुटवलको प्रविधिक सहयोग, लायन्स डिष्ट्रिक ३२५ पि, नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीको सहकार्यमा गरिएको कार्यक्रमबाट १५ हजार युनिट रगत संकलन हुने लक्ष्य रहेको बह्मकुमारी ईश्वरीय विश्वविद्यालयका केन्द्रीय सचिव राजयोगी बह्मकुमार नरेन्द्र भाईजीले बताए ।
भदौ ६,७, ८ र ९ गते ४ दिन संचालन हुनेछ । जसमध्ये ६,७ र ९ गते बुटवलको बह्मकुमारीज क्षेत्रिय कार्यालय परिसर तथा ८ गते देविनगर प्राणगड, सैनामैनामा समेत हुनेछ ।