© २०२३
काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा विश्वासको मत लिनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको छ ।
अधिवक्ता विरेन्द्र केसीले बिहीबार सर्वोच्च अदालतमा प्रधानमन्त्री ओलीविरुद्ध रिट निवेदन दर्ता गराएका हुन् । उनले प्रधानमन्त्री ओलीसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सभामुख देवराज घिमिरे, संघीय संसद् सचिवालय र राष्ट्रपति कार्यालय शीतल निवासलाई विपक्षी बनाएका छन् ।
रिटमा उल्लेख भएअनुसार जनता समाजवादी पार्टी, नेपालले २०८२ असार ३२ गते प्रधानमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरेको थियो।
त्यस आधारमा प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने माग गरिएको हो । सर्वोच्च अदालतमा दर्ता भएको उक्त रिटमाथि प्रारम्भिक अध्ययनपछि पेशी तोकिनेछ ।