© २०२३
काठमाडौँ ।
सामाजिक सुरक्षा कोषले अनलाइनमार्फत प्रदान गरिने सबै सेवा आज र भोलि दुई दिनका लागि बन्द हुने जनाएको छ ।
सामाजिक सुरक्षा कोषले एक विज्ञप्ति जारी गर्दै सूचना प्रणालीको परीक्षण कार्यका कारण अनलाइन सेवा अस्थायी रूपमा अवरुद्ध हुने जानकारी दिएको हो ।
सूचना प्रणालीको परीक्षण गर्न लागेकाले आज दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म र भोलि दिउँसो २ बजेदेखि साँझ ५ बजेसम्म अनलाइन सेवाहरू बन्द रहने कोषले जनाएको छ ।
कोषको सूचना प्रणालीलाई आपत्कालीन अवस्थामा पनि सुरक्षित र सुचारु राख्न गरिने नियमित प्राविधिक परीक्षणका कारण सेवा प्रभावित हुन लागेको सामाजिक सुरक्षा कोषले जनाएको छ ।
