Butwal Today

धर्म र संस्कृतिले समाज  परिवर्तनमा महत्त्वपूर्ण भूमिका

५ भाद्र २०८२, बिहीबार
अ+
अ-

लमही , ०५ भदौ ।

हरितालिका तीज पर्वको पूर्वसन्ध्यामा  लुम्बिनी प्रदेशका मुख्यमन्त्री मन्त्री परिषदमा बुधबार एक कार्यक्रम बिच  आदानप्रदान  गरेको छ । सो कार्यक्रममा मुख्यमन्त्री   चेतनारायण आचार्य लगायत  मुख्यसचिव, सचिव लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रमका सहभागीको  संस्कृतिले समाज परिवर्तनमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको बताए  । व्यक्तिलाई अनुशासनमा राख्न पनि यसको विशेष योगदान छ । धर्म र संस्कृतिमा विचलन आए विकृति र विसङ्गति भित्रन्छ ।

त्यसैले यसको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्नु सबैको साझा जिम्मेवारी भएको  धारणा  राखे ।  कार्यक्रममा   मुख्यमन्त्री आचार्यले धर्म र संस्कृतिमा विचलन आए विकृति र विसङ्गति भित्रने भएकाले यस प्रकारका प्रवृत्तिको अन्त्य सबैको साझा जिम्मेवारी रहेको बताए ।

मुख्यमन्त्री आचार्यले पुर्खाले जसरी पर्वहरू मनाउँदै आएका थिए, त्यसै गरी वर्तमान समयमा पनि अगाडि बढाउनुपर्ने धारणा राखे । धर्म र संस्कृतिले समाज परिवर्तनमा महत्त्वपूर्ण भूमिका खेल्दै आएका छन् ।

व्यक्तिलाई अनुशासनमा राख्न पनि यसको विशेष योगदान छ । धर्म र संस्कृतिमा विचलन आए विकृति र विसङ्गति भित्रन्छ । त्यसैले यसको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्नु सबैको साझा जिम्मेवारी हो,’ उनले भने ।

अहिले तीजलाई विभिन्न नाममा विकृत बनाउने काम भइरहेको उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले यस्तो प्रवृत्ति संस्कृतिमाथि धावा बोल्ने कार्य भएको टिप्पणी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?