ट्रेंडिंग:

>> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट >> बाली बिमाप्रति किसानको आकर्षण बढ्दो, ९० प्रतिशतसम्म क्षति वहन >> नेतृत्व चयनका लागि एमालेले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने >> अध्यक्ष कार्की भन्छन् : सरकारले अनुमति दिए विदेशमा बिजुली बेच्न तयार छौँ >> मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि दलहरुबिच रस्साकस्सी >> पोखरालाई काठमाडौंले दियो १६६ रनको लक्ष्य >> भारतले नेपालमा ठूला भारु नोट प्रयोगमाथिको प्रतिबन्ध हटाउँदै >> प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान >> “फूलको माला” नयॉ रत्यौली गीत सार्वजनिक (भिडियोसहित)  >> ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ सार्वजनिक गर्ने अध्यागमनको तयारी >> श्री पालु सिद्ध प्राथमिक विद्यालयमा अक्षयकोष स्थापना >> एमाले महाधिवेशन : उद्घाटन सत्रमा १० हजार स्वयंसेवक खटाइने >> आज पनि घट्यो सुनचाँदीको मूल्य >> सामाजिक सञ्जाललाई माध्यम बनाएर यौन दुर्व्यवहार बढ्दै >> महिला टी-२० विश्वकप छनोट खेल्ने प्रारम्भिक टोली घोषणा >> शेरबहादुर तामाङ केपी ओली टिमबाट उपमहासचिवमा उठ्ने >> काठमाडौंले पोखराविरुद्ध पहिले ब्याटिङ गर्दै

प्रकोपजन्य घटना नियन्त्रणमा बेवास्ता 

५ भाद्र २०८२, बिहीबार
५ भाद्र २०८२, बिहीबार

अहिले पानी पर्ने र घाम लाग्ने क्रम बढेसँगै वर्षाजन्य रोगसँग सम्बन्धित विभिन्न रोगहरूको प्रकोप फैलिएको छ । यही बेला स्क्रबटाईफस देखिएको छ । जापानी इन्सेफ्लाइटिसका कारण नेपालमा यो बर्षमात्रै ११ जनाको मृत्यु भैसकेको छ ।

टाइफाइड र भाइरल ज्वरो नेपालीको दैनिकी जस्तै भएको छ भने डेंगीको सङ्क्रमणले नेपालका ७४ जिल्ला प्रभावित भएका छन् । प्राकृतिक प्रकोपले मानवीय जोखिम बढाउँदै छ । उता बाढी, पहिरो, आगलागी, भुईँचालो आदि प्रकोपजन्य घटना बढिरहेका छन् ।

यी सबै जोखिमको अवस्था वर्षाकै कारण भइरहेको छ । स्वच्छ पिउने पानी र सरसफाइको अभाव भएमा वा प्रदूषण बढेमा महामारी फैलिने, खाद्यान्नको अभावमा भोकमरी वा अनिकाल लागेर कुपोषण हुने, सुख्खा मौसममा आँधीबेहरी चल्ने, आगलागी हुने र कुनै पनि समयमा भुईँचालो जान सक्ने अहिलेको मौसमी परिवर्तनको सङ्केत रहेकोले हरेक नागरिक बदलिँदा जोखिमबाट बच्नु जरुरी छ ।

भौगर्भिक बनोट, धरातलीय स्वरूप, जलवायुको वितरण जस्ता अन्तर्निहित अवस्था नै प्रकोपजन्य घटना उत्पन्न गर्ने कारक हुन् भन्न सकिन्छ । नेपालमा बाढी पहिरो, आगलागी, भुईँचालो, हिमताल विस्फोट, खडेरी, महामारी, शीतलहरजस्ता घटनाले जनधनको क्षति गर्दै आएको छ ।

आजभोलि नेपालमा बाढी प्रकोपको समस्या बढ्दै जाँदा ज्यान गुमाउनेहरूको सङ्ख्या पनि बढ्दै गएको छ । तसर्थ मानव स्वास्थ्यसँगै प्राकृतिक जोखिमबाट बच्नेतर्फ अव ध्यान दिनै पर्ने भएको छ ।  नेपालमा अहिले पनि जोखिम न्यूनीकरण तथा पूर्व तयारीमा सरकारे पर्याप्त लगानी गरेको छैन । सरकारी चासो निकै कम देखिएको छ ।

जनचेतनाको अभावजस्ता कारणहरूले गर्दा विभिन्न खालका प्रकोपहरूबाट हुने आर्थिक तथा मानवीय क्षति बढिरहेको अवस्था छ । नेपालमा विभिन्न खालका प्राकृतिक र मानव सिर्जित विपत्तिहरूमा परी विगत १० वर्षको अवधिमा २० हजार बढी नेपालीको मृत्यु भएको तथ्याङ्क सार्वजनिक भएको छ ।

यसरी हेर्दा सरदर वार्षिक दुई हजारले प्राकृतिक प्रकोपबाट ज्यान गुमाउन बाध्य भइरहेका छन् । त्यसमाथि वर्षाजन्य तथा मौसमजन्य रोगको प्रकोपको त सन्त्रासकै अवस्था कायमै छ । प्राकृतिक तथा मानवजन्य विपत्तिको कारण आर्थिक क्षतिको समस्या पनि बढिरहेको छ ।

प्राकृतिक प्रकोपकै कारण वार्षिक कुल गार्हस्थ्य उत्पादनमा ५ प्रतिशतसम्मको नोक्सानी हुने गरेको छ । जनसङ्ख्याको अनुपातमा नेपालमा विपदबाट हुने मानवीय क्षति विश्वमै बढ्दो क्रममा रहेको देखिएको छ । यसरी प्रकोपजन्य घटनाका कारण हुने आर्थिक र मानवीय क्षति आफैँमा आर्थिक विकासमा ठुलो चुनौती हो ।

सीमित स्रोत र साधनबाट धेरै विकासका काम गर्नुपर्ने नेपालजस्तो मुलुकका लागि विपदबाट हुने क्षति न्यूनीकरणमा ध्यान दिन सकिएन भने भोलिका दिनमा झनै चुनौती थपिने अवस्था छ । त्यसमाथि वर्षाको समयमा हुने प्रकोपजन्य घटनाले अझै चुनौती थपिएको छ ।

पछिल्लो समय प्राकृतिक प्रकोपको घटना र त्यससँगै निम्तिएको मौसमजन्य रोगका कारण चुनौती थपिएको छ । नेपालले एकसाथ आउने यी दुवै समस्या नियन्त्रण र समाधानमा चासो दिएन भने भोलिको दिनमा झनै जोखिमको अवस्था आउन सक्छ ।

अहिले मौसमजन्य प्रकोपकै रूपमा डेंगु बढेको छ । स्क्रब टाईफसले जनजीवन प्रभावित भएको छ ।

जापानी इन्सेफ्लाईलिसले चार जनाको ज्यान लिइसकेको छ । यी सबै घटना प्रकोपले निम्त्याउने चुनौती हुन । नेपालमा पछिल्ला वर्षहरू प्राकृतिक विपद्का दृष्टिले निकै जोखिमयुक्त साबित भएका छन् ।

नेपाल जलवायु परिवर्तनका हिसाबले चौथो, भूकम्पीय हिसाबले विश्वको ११ औँ तथा बाढी पहिरो लगायतका प्रकोपका हिसाबले ३० औँ जोखिमपूर्ण स्थानमा रहेको छ ।

यही तथ्याङ्कले देखाउँछ– नेपाल प्रकोपको अत्यन्त जोखिमको अवस्थामा छ । प्राकृतिक प्रकोपलाई नियन्त्रण गर्ने उपाय पनि छ । तसर्थ प्राकृतिक प्रकोपको जोखिम र मौसमजन्य रोगको जोखिम न्यूतिकरणका लागि गर्नुपर्ने प्रयासमा अव ढिलाइ गरिनुहुँदैन ।

खास गरी पछिल्लो समय चुनौती बनिरहेको डेंगु, स्क्रबटाईफस, इन्सेफ्लाईटिस वर्षाजन्य प्रकोप भएकोले पूर्व सावधानी जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?