Butwal Today

फरुवा प्रहार गरेर श्रीमतीको हत्या

५ भाद्र २०८२, बिहीबार
अ+
अ-

५ भदौ, काठमाडौं । 

तारकेश्वर नगरपालिका–१ मा बुधबार राति श्रीमानले श्रीमतीको हत्या गरेका छन् ।  घरेलु विवादपछि फरुवा प्रहार गरी हत्या गरेको आरोपमा ३३ वर्षीय भीमसेन मग्रातीलाई प्रहरीले पक्राउ गरेको हो ।

उनले आफ्नी ३५ वर्षीया श्रीमती शर्मिला मग्रातीमाथि फरुवा प्रहार गरी हत्या गरेका हुन् ।  घटना लगत्तै प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले भीमसेनलाई नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार घटनापछि थप अनुसन्धान अगाडि बढाइएको छ ।