Butwal Today

५० किलोको एक बोरा युरिया मल भित्र साढे ४ किलोको ढुङ्गो !

५ भाद्र २०८२, बिहीबार
अ+
अ-

नवलपरासी,पश्चिम ।

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा किसानले पाएको युरिया मल भित्र सिमेन्टको पिल्लर जस्तो आकारको  देखिने ठोस बस्तु भेटिएको छ ।

वडा नम्बर १४ मा रहेको दाउन्नेदेवी साना किसानको कार्यालयमा बुधबार बाँडिएको मल भित्र ढुङ्गा सिमेन्ट पिल्लर जस्तो देखिने ठोस बस्तु फेला परेपछि किसान आश्चर्यमा परेका छन् । सहकारीले ५० किलोको एक बोरा मल तीन जनालाई भाग लगाएको थियो ।

किसानले बोरा घर लगेर खोल्दा उक्त बस्तु भेटिएको हो । एक किसानको भागमा जम्मा १६ किलो बढी युरिया पर्ने भएपनी उक्त ठोस बस्तु नै झन्डै साढे ४ किलोको भेटिएको हो ।

कृषि सामाग्री कम्पनी लिमिटेडले स्थानीय तहलाई उपलब्ध गराएको युरिया मलको बोरामा बोरा खोलेर हेर्दा देखिएपछि उक्त ठोस बस्तुलाई तौल गर्दा साढे ४ किलो रहेको स्थानीय मान बहादुर ढकालले बताए ।ढुङ्गा भेटिएपछि ढुङ्गाको तौल कटाएर वाकी मल तीन जनालाई भाग लगाइएको छ ।

सानो तिनो केही बस्तु भेटिनु त स्वाभाविक हो,त्यत्रो ठुलो ढुङ्गा बोरा भित्र कसरी भेटिन्छ यो अनौठो कुरा भयो,ढकालले भने ।मल लिन बिहान २ बजेदेखि लाइन बसेको उपहार ढुङ्गो पाईएछ ढकालले व्यङ्ग्य गरे ।