© २०२३
सैनामैना, ०४ भदौ ।
रुपन्देहीको सैनामैना नगरपालिकाले सेवाग्राहीलाई सहज रूपमा सुविधा पु¥याउने उद्देश्यले पहिलो पटक हरेक वडाहरूमा प्राविधिकहरू व्यवस्था गरेको छ ।
वडाबाटै नक्साको काम र विकास निर्माणको कामलाई तीव्रता दिने उद्देश्यले सैनामैना नगरपालिकाले यो व्यवस्था गरेको हो ।
अव सेवाग्राहीले वडाबाटै नक्साको काम हुने भएपछि नक्सा पास बाहेक घर नक्सा सम्बन्धी अरू कामका लागि नगरपालिका धाउनु नपर्ने भएको छ । यसबाट सेवाग्राहीको समयको बचत भएको छ भने सेवाग्राहीले पालिका कार्यालयसम्मै धाउनुपर्ने झन्झटबाट मुक्ति मिलेको प्रतिक्रिया दिएका छन् ।
गत साउन २५ गते प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीबाट भएको उक्त निर्णय अहिले कार्यान्वयनमा आइसकेको छ भने वडाबाटै सेवाग्राहीले इन्जिनियरिङ सेवा पाउन थालेका छन् । सैनामैना नगरपालिकाको यो निर्णयलाई सेवाग्राहीले प्रशंसा गर्दै सेवा प्रवाहमा सैनामैना नगर एक तह माथि उठेको प्रतिक्रिया दिएका छन् ।
सैनामैना नगरपालिकाले हरेक वडामा प्राविधिकबाट सेवा दिने लक्ष्य राखेको थियो । त्यो अहिले पूरा भएको छ । सैनामैना नगरपालिका वडा नंं. ११ का वडा सचिव नवीन शाक्यले वडामा कर्मचारी कम हुँदा काम गर्न कठिनाइ भएको अवस्थामा नगरपालिकाले वडामा प्राविधिक कर्मचारी खटाइदिँदा काम गर्न सहज हुने र यसबाट सेवाग्राहीले छिटो सेवा पाउने अवस्था सिर्जना भएको बताए ।
नगरपालिकाको निर्णय अनुसार सैनामैना नगरपालिका वडा नं. १ मा असिस्टेन्ट सब इन्जिनियर अशोक खनाल, वडा नं. २ मा सब इन्जिनियर देवराज घिमिरे, वडा नं. ३ मा सब इन्जिनियर रोमन सुवेदी, वडा नं. ४ मा सब इन्जिनियर केशव पाण्डे, वडा नंं. ५ मा गणेशबहादुर एमसी र वडा नंं. ६ र ७ मा सब इन्जिनियर विरेन्द्रकुमार टण्डनलाई खटाइएको छ ।
त्यसै गरी वडा नं. ८ मा असिस्टेन्ट सब इन्जिनियर उमेश काफ्ले, वडा नंं. मा सब इन्जिनियर प्रदिप गिरी, वडा नंं. १ मा सब इन्जिनियर जनकराज सापकोटा र वडा नंं. ११ मा असिस्टेन्ट सब इन्जिनियर केशवराज पन्थीलाई खटाएको छ । त्यसै गरी नगरपालिकाले वडा सचिवहरूको समेत सरुवा गरेको छ ।
जस अनुसार वडा नंं. ३ का वडा सचिव पुण्यप्रसाद आचार्यलाई वडा नंं. ६ मा वडा नंं. ६ का मिनाराम पन्थीलाई वडा नं. ३ को वडा सचिवमा सरुवा गरिएको छ । वडा नंं. ४ का वडा सचिव हेमराज चौधरीलाई वडा नंं. ८ को वडा सचिवमा सरुवा गरिएको छ भने वडा नं. ८ का वडा सचिव बसन्त घिमिरेलाई वडा नं. ४ को वडा सचिवमा सरुवा भएको छ ।