© २०२३
काठमाडौँ, ४ भदौ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले कांग्रेस र एमालेले उपसभामुख इन्दिरा राना मगरलाई हटाउन खोजेको भन्दै आपत्ति जनाएको छ ।
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा रास्वपा प्रमुख सचेतक सन्तोष परियारले सत्तारुढ दलले उपसभामुख पदको अवमूल्यन गर्दै पदबाट हटाउन खोजिएको भन्दै आपत्ति जनाए । उनले कांग्रेस र एमालेको कदमले लोकतन्त्र नै कमजोर हुने बताए । लोकतन्त्रको विरासत धानेका भन्नेहरूले सम्मानित सदनको सार्वभौम संसदको उपसभामुख जस्तो जिम्मेवार पदलाई अवमूल्यन गर्न खाजेको उनको भनाइ छ ।
उनले रास्वपालाई निषेध गर्न खोजेको भन्दै त्यस्तो प्रयास सफल नहुने दावी गरे । परियारले बारम्बार कार्यपालिकाले व्यवस्थापिकालाई गरेको आक्रमण टुलुटुलु हेरेर बस्ने नसक्ने चेतावनी दिए ।
उनले सांसदको विवेकलाई हस्ताक्षरमा परिणत गरेर राजनीतिक स्वार्थ पूर्ति गर्ने मुद्दा नबनाउन आग्रह गरे ।