Butwal Today

प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित

४ भाद्र २०८२, बुधबार
अ+
अ-

काठमाडौं, ४ भदौ ।

प्रतिनिधि सभामा आजका लागि तय गरिएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित भएको छ।

सभामुखको सचिवालयका अनुसार नेकपा एमालेका मुख्य सचेतक महेशकुमार बर्तौलाले कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रधानमन्त्री स्वास्थ्यका कारण संसद् बैठकमा उपस्थित हुन नसक्ने जानकारी गराएका थिए ।

प्रधानमन्त्रीको अनुपस्थितिका कारण प्रश्नोत्तर कार्यक्रम आजका लागि स्थगित हुन पुगेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?