ट्रेंडिंग:

>> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट >> बाली बिमाप्रति किसानको आकर्षण बढ्दो, ९० प्रतिशतसम्म क्षति वहन >> नेतृत्व चयनका लागि एमालेले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने >> अध्यक्ष कार्की भन्छन् : सरकारले अनुमति दिए विदेशमा बिजुली बेच्न तयार छौँ >> मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि दलहरुबिच रस्साकस्सी >> पोखरालाई काठमाडौंले दियो १६६ रनको लक्ष्य >> भारतले नेपालमा ठूला भारु नोट प्रयोगमाथिको प्रतिबन्ध हटाउँदै >> प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान >> “फूलको माला” नयॉ रत्यौली गीत सार्वजनिक (भिडियोसहित)  >> ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ सार्वजनिक गर्ने अध्यागमनको तयारी >> श्री पालु सिद्ध प्राथमिक विद्यालयमा अक्षयकोष स्थापना >> एमाले महाधिवेशन : उद्घाटन सत्रमा १० हजार स्वयंसेवक खटाइने >> आज पनि घट्यो सुनचाँदीको मूल्य >> सामाजिक सञ्जाललाई माध्यम बनाएर यौन दुर्व्यवहार बढ्दै >> महिला टी-२० विश्वकप छनोट खेल्ने प्रारम्भिक टोली घोषणा >> शेरबहादुर तामाङ केपी ओली टिमबाट उपमहासचिवमा उठ्ने >> काठमाडौंले पोखराविरुद्ध पहिले ब्याटिङ गर्दै >> सरकारी कार्यालयमा प्रदेशकै काठ प्रयोग गर्ने लुम्बिनी प्रदेश सरकारको नीति  >> यसवर्षको हिउँदमा सरदरभन्दा कम वर्षा हुने प्रक्षेपण >> बहालमा रहेका जनप्रतिनिधिलाई आगामी निर्वाचनमा कांग्रेसले उम्मेदवार नबनाउने >> दुर्गा प्रसाईं भन्छन् : राजसंस्था र प्रदेशबारे जनमत संग्रह गरौँ

लुम्बिनी प्रदेश सरकारद्वारा संस्कृति संरक्षणमा जोड

४ भाद्र २०८२, बुधबार
४ भाद्र २०८२, बुधबार

दाङ, ४ भदौ ।

हरितालिका तीज पर्वको अवसरमा लुम्बिनी प्रदेश सरकारको मन्त्री परिषद्ले बुधबार एक विशेष कार्यक्रमको आयोजना गर्दै संस्कृतिकर्मी, अधिकारीहरू तथा कर्मचारीबीच शुभकामना आदानप्रदान गरेको छ ।

कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, मुख्यसचिव, सचिवहरू तथा अन्य उच्चपदस्थ अधिकारीहरूको सहभागिता रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले नेपाली समाजमा धर्म र संस्कृतिको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको उल्लेख गर्दै धर्म र संस्कृतिले समाजलाई अनुशासित बनाउने, नैतिकता कायम राख्ने तथा सकारात्मक परिवर्तन ल्याउने कार्यमा योगदान पुर्‍याउँदै आएको बताए ।

उनले पछिल्लो समय तीज पर्वलाई विकृत बनाउने विभिन्न प्रवृत्ति देखिएकोप्रति चिन्ता व्यक्त गर्दै यस्तो प्रवृत्ति संस्कृतिमाथि धावा भएको टिप्पणी गरे ।

कार्यक्रममा बोल्दै प्रमुख सचिव बाबुराम अधिकारीले चाडपर्वहरू सामाजिक मूल्य र मान्यतालाई जीवन्त राख्ने आधार भएको उल्लेख गरे । उनले संस्कृतिको वास्तविक मर्म र गहिरो भावलाई जोगाइराख्न सबै तहको सहयोग आवश्यक रहेको धारणा व्यक्त गरे ।

प्रदेश सचिव ईश्वरराज पौडेलले राज्यको समावेशी नीतिका कारण निजामती सेवामा महिला कर्मचारीको सहभागिता उल्लेखनीय रूपमा बढिरहेको बताए ।

स्वास्थ्य सचिव दुर्गालक्ष्मी श्रेष्ठले तीज पर्वलाई मानसिक स्वास्थ्यका लागि लाभदायक रहेको बताउँदै तीजले आत्मीय भावना, सामाजिक सम्बन्ध, र सशक्त विचारको विकासमा सहयोग पुर्‍याउँने जानकारी दिइन ।

कार्यक्रममा सहभागी अन्य वक्ताहरूले पनि तीज जस्ता चाडपर्वहरूले सामाजिक समानता, लैङ्गिक समानता र संस्कृतिक चेतनाको विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने धारणा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?