© २०२३
काठमाडौँ, ४ भदौ ।
सुनको मूल्य आज तोलामा १ हजार ६०० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, सुनको भाउ हाल तोलाको १ लाख ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुनको भाउ तोलाको एक लाख ९५ हजार एक सय रुपैयाँ थियो ।
त्यसैगरी, चाँदीको मूल्य पनि आज ४५ रुपैयाँले घटेर तोलाको २ हजार २५५ रुपैयाँमा पुगेको छ ।
हिजो चाँदीको मूल्य तोलाको २ हजार ३ सय रुपैयाँ कायम रहेको महासङ्घले जनाएको छ ।