ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

सबल बालिका सबल समुदाय परियोजना बारे छलफल

४ भाद्र २०८२, बुधबार
४ भाद्र २०८२, बुधबार

कपिलवस्तु, ४ भदौ ।

जिल्लाको बिजयनगर गाँउपालिकाको तिन वटा वडामा सञ्चालनमा रहेको सबल बालिका सबल समुदाय परियोजनाको जिल्ला स्तरिय सरोकारवालाहरु संग परिचय तथा कार्यक्रम प्रस्तुतिकरण सम्पन्न गरिएको छ ।

प्लान इन्टर्नेशनल नेपालको आर्थिक सहयोग तथा कपिलवस्तु ईन्ट्रिग्रेटेड डेभलप्मेन्ट सर्विसेज (किडस) साझेदारीमा पालिकाको वडा नम्बर ३, ५ र ६ मा सञ्चालित परियोजना बारेको परिचयात्मक कार्यक्रम स्वास्थ्य कार्यालय कपिलवस्तुको आयोजनामा सम्पन्न गरिएको हो । परिचयात्मक कार्यक्रमका सहभागीले पालिकामा सञ्चालित अन्य सोहि प्रकृतीका परियोजना सँग समन्वय गरि दोहोरोपना नआउने गरि कार्यक्रम सञ्चालन गर्न सुझाव दिए ।

परियोजनाले जोखिममा रहेका र बहिष्कृत बालबालिकाहरू, विशेषगरी बालिकाहरूलाई भेदभाव, डर र कुनै पनि प्रकारको हिंसाबाट मुक्त गराई मूल्यवान् र हेरचाह गर्ने वातावरण निर्माण गर्न केन्द्रित छ । ५ सय ४४ जना प्रत्याभुत बालबालिकामा बढि केन्द्रित भई सञ्चालन गरिएको परियोजनाको चालु आवको ६९ लाख ५५ हजार ६ सय २५ रुपैया स्विकृत बजेट रहेको परियोजनाका संयोजक असगर हुसेन धुनियाले जानकारी दिए ।

पछिल्लो समयमा बिजयनगर गाँउपालिकामा रक्तअल्पत्ताको समस्या बढि देखिएकोमा जिल्लाका सरोकारवालाले चिन्ता व्यक्र गरे । बालबालिकाको पोषणको अवस्था सुधारका लागी सबै पक्षले सहकार्य गरि योजना बनाउनु पर्नेमा जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख बाबुराम आचार्यले जोड दिए । गाउँपालिकामा सञ्चालित परियोजनाको पालिकास्तरको सहकार्य राम्रो रहेको र सो क्षेत्रमा कार्य गर्ने निकाय बिच समन्वय गराउन पालिकाले नेतृत्व गर्दै आएको बिजयनगर गाँउपालिकाका अध्यक्ष गोपाल बहादुर थापाले बताए ।

पोषण सुधारका क्षेत्रमा कार्य गर्ने निकायले दोहोरोपना नआउने गरि पालिकाको समन्वयमा काम गर्न आवश्यक रहेको सहायक प्रमुख जिल्ला अधिकारी पदमलाल लामिछानेको भनाई छ । पोषणको अवस्था सुधारका लागी नागरिक देखी सरोकारवाला सबै सजग हुनु पर्ने अवस्था रहेको स्वाथ्य कार्यालय कपिलवस्तुका प्रमुख गौरब ढकालले बताए ।

रासायनिक बिषादी बारे सचेतना, पोषण सुधारका लागी योजना निर्माण, खुला दिसा मुक्त घोषणाको पुर्ण कार्यान्वयनमा लाग्नु पर्नेमा किड्सका कार्यकारी निर्देशक कृष्ण कुमार द्विवेदी, पत्रकार महासंघ जिल्ला अध्यक्ष डिलाराम भुसाल, खानेपानी सरसफाई डिभिजनका प्रमुख प्रकाश केसी लगायतको सुझाव थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?