ट्रेंडिंग:

>> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी

दल दर्तासँगै उपनिर्वाचनको सरगर्मी

४ भाद्र २०८२, बुधबार
४ भाद्र २०८२, बुधबार

आगामी कार्तिक १७ गते रुपन्देहीको क्षेत्र नम्बर ३ मा हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगमा २६ राजनीतिक दल दर्ता भएका छन् । २७ राजनीतिक दलले निवेदन दिएकोमा नाउपाबाहेक २६ राजनीतिक दलको नाम उपनिर्वाचनका लागि योग्य भएको निर्वाचन आयोगले प्रमाणित गरेको छ । राजनीतिक दल दर्तासँगै अव दलहरू उपनिर्वाचनको तयारीमा लागेका छन् ।

राजनैतिक दलहरूका गतिविधि निर्वाचन क्षेत्रमा सुरु भैसकेको छ । यद्यपि उपनिर्वाचनको मिति घोषणासँगै सरकार, निर्वाचन आयोग र प्रमुख राजनीतिक दलहरू निर्वाचनको तयारीमा जुटिसकेको अवस्था थियो । त्यो क्रम अव झनै बढेर गएको अवस्था छ । सबै राजनैतिक दल र त्यस क्षेत्रका मतदाताले उपनिर्वाचनलाई अवसरको रूपमा लिनुपर्छ ।

उपनिर्वाचनमार्फत प्रतिनिधि चुन्न आतुर मतदाताको लागि कार्तिक १७ को दिन प्रतीक्षाको अमूल्य घडी वनेको छ । यो उपनिर्वाचनले नेपालको राष्ट्रिय राजनीतिमा ठुलो प्रभाव राख्छ । लोकतन्त्रलाई जरैदेखि मजबुत बनाउन र जनताको भावनालाई तल्लो तहदेखि नै समेट्न आवधिक मात्रै होइन, उपनिर्वाचन पनि अपरिहार्य हुन्छ ।

अहिले कुनै कुनै राजनीतिक दलले यो उपनिर्वाचनको विरोध गरेको सुन्न थालिएको छ । त्यो भनेको निर्वाचनबाट भाग्नु हो । मतदाताबाट तिरस्कृत हुने डरमा निर्वाचनमा भाग नलिनु कुनै पनि राजनीतिक दलको लागि सुहाउने विषय होइन ।

राजनीतिक दलहरूले जनताको मतकै आधारमा शक्ति देखाउने हो । जनताको मतकै आधारमा आफ्नो एजेन्डा स्थापित गर्ने हो । अतः तोकिएकै मितिमा उपनिर्वाचन सम्पन्न गरी संवैधानिक व्यवस्था अनुसार मिसन ०८४ को निर्वाचनमा जुटने अवसरबाट वञ्चित नहोऔँ ।

पार्टीगत र व्यक्तिगत स्वार्थ लिएर हैन, जनताको मत लिएर अघि बढौँ । निष्पक्ष, धाँधलीरहित निर्वाचनको वातावरण बनाउनको लागि सबै जुटौँ ।
उपनिर्वाचनको तयारी जारी रहँदा रुपन्देही ३ का मतदाता उत्साहित भएका छन् ।

यसअघि विजयी राप्रपाका नेता दीपक बोहराको ०७९ को निर्वाचनदेखि पछिल्लो समय बिरामीकै अवस्थामा मृत्यु भएपछि त्यस क्षेत्रका जनताले विकास निर्माणको नेतृत्व गर्नेदेखि आफूहरूका दुःख सुख साटासाट गर्ने प्रतिनिधि अगुवाको कमी महसुस गरेका छन् ।

त्यसै गरी सङ्घीय जनप्रतिनिधि नहुँदा त्यस क्षेत्रका जनताले विकास निर्माणका काम समेत हुन नसकेको गुनासो गर्दै आएका छन् । अतः उपनिर्वाचन अपरिहार्य थियो । त्यो दिन कार्तिक १७ गते आउँदै छ । अव उपनिर्वाचनको वातावरण बनाउने सरकार र राजनीतिक दलहरूको दायित्व हो ।

निर्वाचनको मिति घोषणासँगै राजनीतिक दलहरूले दल दर्ता समेत गरिसकेकोले अव सरकारले उपनिर्वाचनको लागि आवश्यक पर्ने शान्ति सुरक्षाको प्रबन्ध प्रभावकारी बनाउनेतर्फ ध्यान दिनु जरुरी छ ।

शान्ति सुरक्षामाथि कसैले पनि प्रश्न उठाउने अवस्था आउन नदिनेतर्फ सरकारले पहल गर्नुपर्छ । निर्वाचन आयोगलाई आवश्यक पर्ने स्रोत–साधन उपलब्ध गराउन पनि सरकारले ढिलाइ गर्नुहुँदैन ।

सरकारले आफूले घोषणा गरेको उपनिर्वाचन निष्पक्ष र शान्तिपूर्वक सम्पन्न गराउने दायित्व सरकारको काँधमा आएको छ । चुनाव नजिक आउँदै गर्दा आकाङ्क्षीहरूको दौडाहा समेत सुरु भैसकेको छ । यो उपनिर्वाचन दलहरूको आफ्नो वास्तविक हैसियत प्रमाणित गर्ने अवसर पनि भएकोले दलहरूले यो उपनिर्वाचनलाई कठिन चुनौतीको रूपमा लिएका छन् ।

निश्चित रूपमा यो उपनिर्वाचनले दिने मत परिणामले ०८४ को आम निर्वाचनलाई समेत प्रभावित गर्न सक्छ । तसर्थ दलहरूका लागि यो परीक्षाको घडी हो । दलहरूले यसलाई जनतामा आफ्नो हैसियत प्रमाणित गर्ने अवसरको रूपमा लिनु जरुरी छ ।

यो उपनिर्वाचनमा पक्ष र विपक्ष तथा गाली गलौजमा उत्रनुभन्दा पनि आफ्ना कुराहरू शान्तिपूर्ण माध्यमबाट जनतासमक्ष राखेर उनीहरूको मन जित्नेतर्फ लाग्नु दलहरूको बुद्धिमत्ता हुनेछ । त्यसैले सबै पक्ष एउटा प्रणालीगत र सर्वस्वीकार्य मान्यताबाट अघि बढ्नु जरुरी रहेको छ ।

अतः यो उपनिर्वाचनलाई खेलाँचीको रूपमा लिने काम नगरौँ । मतदातामा उपनिर्वाचनमार्फत आफ्नो प्रतिनिधि चुन्ने उत्कट चाहना भएकोले विवेक प्रयोगको सर्वोत्तम नमुना प्रदर्शन गर्नुपर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?