ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

‘गँहु जोन’ कार्यक्रम लागु गर्न माग

३ भाद्र २०८२, मंगलवार
३ भाद्र २०८२, मंगलवार

कपिलवस्तु, ३ भदौ

कपिलवस्तु जिल्लामा गँहु उत्पादन बढिरहेको र उत्पादन बढाउन सकिने सम्भाव्यतालाई मध्यनजर गरी जिल्लामा गँहु जोन लागु गर्न माग गरिएको छ ।

राष्ट्रिय कृषि आधुनिकिकरण कार्यक्रम कार्यान्वयन एकाई, कपिलवस्तुले आयोजना आर्थिक वर्ष २०८१÷८२ को सार्वजनिकीकरण तथा आगामी आर्थिक वर्षका कार्यक्रम बारे जानकारी दिन आयोजित कार्यक्रमका सहभागीले सो माग गरें ।

कार्यक्रम कार्यान्वयन एकाई कपिलवस्तुका वरिष्ठ कृषि अधिकृत राकेश कुमार ओझाले जिल्लामा अहिले धान सुपर जोन, तरकारी जोन तथा माछा जोन कार्यक्रम संचालन भएको भन्दै जिल्लामा गँहुको उत्पादन राम्रो भएकाले गँहु जोन कार्यक्रम थप्न आवश्यक रहेको बताए ।

कार्यक्रम लागु भएमा कपिलवस्तु गहँुमा आत्मनिर्भर बन्न सक्ने आधारहरु प्रशस्त रहेको उनको तर्क थियो । कपिलवस्तुको बाणगंगा, कपिलवस्तु, बुद्धभूमि नगरपालिका, मायादेवी गाँउपालिका र शुद्धोधन गाउँपालिका गरी ३४ वटा वडाहरुमा अहिले धान सुपर जोन कार्यक्रम संचालनमा रहेको उनले जनाए ।

यसैगरी तरकारी जोन कार्यक्रम बुद्धभूमि नगरपालिका, कपिलवस्तु नगरपालिका र मायादेवी गाँउपालिकाका १४ वटा वडामा लागु भएको छ भने माछा जोन कार्यक्रम ५ वटा पालिकाका ३९ वटा वडामा संचालित छन् । कपिलवस्तुमा आर्थिक वर्ष २०७३ । ०७४ मा धान जोनका रुपमा स्थापना भई आर्थिक वर्ष २०७५ । ०७६ बाट धान सुपर जोनमा स्तरोन्नती भएको प्रमुख वरिष्ठ कृषि अधिकृत ओझाले स्पष्ट पारे ।

जिल्ला समन्वय समितिका प्रमुख बाबुराम आचार्यले अब जिल्लामा आधुनिक तवरले कृषिको उत्पादन हुनुपर्ने भन्दै कृषिको आधुनिकीकरणमा जोड दिनुपर्ने बताए । जिल्लाका ९६ वटै वडाहरुमा धान सुपर जोन कार्यक्रम लागु गर्न माग गर्दै बढी आम्दानी हुने र उत्पादनको प्रचुर सम्भावना भएको गँहुबालीलाई मध्यनजर गर्दै गँहु जोन कार्यक्रम संचालन गर्नु पर्ने उनको सुझाव थियो ।

कार्यक्रममा जिल्ला समन्वय समिती कपिलवस्तुका उपप्रमुख रमेश कुर्मी, सहायक प्रमुख जिल्ला अधिकारी पदमलाल लामिछाने, जिल्ला समन्वय अधिकारी जर्नादन अधिकारी लगायतले कृषीको जोनको क्षेत्रमा कार्य गर्ने निकाय बिच अन्तर कार्यालय समन्वय गरि प्रभावकारी कार्य सम्पादन गर्न आवश्यक रहेको सुझाव दिए ।

माछा जोन कार्यक्रम अन्तरगत जिल्लामा रहेको ५ वटा ह्याचरी मध्ये २ वटा जीर्ण अवस्थामा रहेकोले अब निर्माण गर्दा दीर्घकालिन योजनाका साथ काम गर्न डाक्टर महेन्द्र यादवले सुझाव दिए ।

कृषकको लागत पनि रहेको र उत्पादन पनि राम्रो हुदाँ समेत भुराहरुको विक्रि वितरणमा समस्यापरेको उनले बताए । कार्यक्रममा विभिन्न पालिकाका कृषि तथा पशुविकास शाखाका प्रमुख, प्राविधिक तथा संचारकर्मीको सहभागिता रहको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?