Butwal Today

अदालतले झोक चल्दा प्रधानमन्त्री बर्खास्ती र नियुक्ति समेत गर्छ : प्रधानमन्त्री ओली

३ भाद्र २०८२, मंगलवार
अ+
अ-

 काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतले झोक चलाउँदा प्रधानमन्त्रीलाई बर्खास्त र नियुक्ति गर्ने पनि गरेको अनुभव आफूलाई रहेको बताएका छन् । राष्ट्रिय सूचना आयोगद्वारा मंगलबार आयोजित १९ औँ राष्ट्रिय सूचना दिवसमा बोल्दै उनले भने, प्रधानमन्त्री संसदबाट चुनिन्छ, त्यसैले नियुक्ति र बर्खास्तीको विषय अदालतले होइन ।

प्रधानमन्त्री ओलीले भने, “कहिले कहिले अदालतले झोक चलाउँछ, त्यसपछि संसदले प्रधानमन्त्रीलाई हटाउँछ । तर अदालतलाई झोक चल्यो भने त्यसको के अर्थ रहन्छ र ? अदालतले नै ठोकिदिन्छ प्रधानमन्त्री बर्खास्ती गरिदिएँ ।”

उनले अदालतलाई संविधानको व्याख्याता बताउँदै संविधानको अनुकूल व्याख्या गर्ने सुविधा प्रयोग गरेर कहिले त नियुक्ति र बर्खास्तीसमेत गर्ने निर्णय भएको बताए ।

“अदालतको कुर्सीमा बसेपछि संविधान व्याख्या गर्ने सुविधा हुन्छ, त्यसैले अनुकूल व्याख्या गर्दै कहिले नियुक्ति, कहिले बर्खास्ती गरिएको ताजै इतिहास हाम्रो देशमा छ,” ओलीले भने । प्रधानमन्त्री ओलीले देश पूर्ण लोकतन्त्रतर्फ अघि बढिरहेको र त्यसबाट परिपूर्ण लोकतन्त्र स्थापना हुनेमा विश्वस्त रहेको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?