ट्रेंडिंग:

>> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट >> बाली बिमाप्रति किसानको आकर्षण बढ्दो, ९० प्रतिशतसम्म क्षति वहन >> नेतृत्व चयनका लागि एमालेले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने >> अध्यक्ष कार्की भन्छन् : सरकारले अनुमति दिए विदेशमा बिजुली बेच्न तयार छौँ >> मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि दलहरुबिच रस्साकस्सी >> पोखरालाई काठमाडौंले दियो १६६ रनको लक्ष्य >> भारतले नेपालमा ठूला भारु नोट प्रयोगमाथिको प्रतिबन्ध हटाउँदै >> प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान

वर्षभरिको दुःख बिसाउन ‘तीज’

३ भाद्र २०८२, मंगलवार
३ भाद्र २०८२, मंगलवार

बुटवल, ०३ भदौ ।

बिहान सबेरै अस्पताल लाइनमा फलफूलको डोकोसँग भेटिने टीका श्रीष दुई दिनदेखि तीजको तयारीमा छिन । शनिबार व्यापार गर्दै दिदीबहिनीहरू छलफल गरे । आफ्नै अगुवाइमा तीज मनाउने दिन तोके सोमबारलाई ।

डोको–नाङ्लोको व्यापार छोडेर सोमबार उनीहरू भेला भए तिलोत्तमा नगरपालिकाको शंकरनगर बनबाटिका तथा अनुसन्धान केन्द्रमा । सधैँ झुत्रो कपडामा भेटिने टीका शीर्ष सोमबार भने फरक पहिरनमा थिइन् । रातो साडी र गहनामा सजिएकी उनी तीजको जमघटमा देखिन ।

सेड नं. २ मा भेला भएर सुख दुःख साटासाट, मिठा परिकारका दर खानपिन सहित नाचगानमा रमाइन । उनीहरूले यस दिन भने व्यापारबाट छुट्टी लिएर तीजको रमाइलो गरे ।  ‘सबैलाई तीजको रन्को भएको बेला हामी दैनिक व्यापार गर्ने दिदीबहिनीहरू पनि भेला भएका हौँ,’–श्रीषले मुस्कुराउँदै भनिन् ।

वर्षभरि सडक पेटीमा फलफूल बेच्दा हुने दुःख तीजकै कारण केही घण्टाकै लागि भए पनि खुसी र उमङ्ग दिएको उनी बताउँछिन् । नयाँ पहिरन, गीत, नृत्य र मिठो भोजनसँगै उनीहरूले सामूहिक रूपमा पर्व मनाए ।

तीजमा रमाउँदै गरेकी नम्रता टण्डन पनि धेरै खुसी थिइन । सोमबार रातो पहिरनमा सजिएर नाच्दै थिइन उनी केही समय भएपनि रमाइलो गर्दा माइतीघरको सम्झना भएको बताइन । अस्पताल लाइनमा काँक्रा, भुइँकटर जस्ता फलफूल डोकोबाट विश्राम लिएकी टण्डन चाडपर्व सबैका लागि भएको बताइन ।

‘हामीजस्ता थोरै कमाई गर्नेलाई एक दिन भए पनि तीज मनाउँदा धेरै खुसी लागेको छ,’–उनले भनिन ।  सडकमा डोको, नाङ्लो स्वरोजगार महिला मजदुरलाई सामाजिक एकता र सांस्कृतिक उत्सवका रूपमा तीज मिलन कार्यक्रमको महत्त्व रहेको युवा अगुवा योगेन्द्र गौतम बताउँछन् ।

तीजको अवसरमा विभिन्न सङ्घ–संस्था, क्लब र महिला समूहहरूले तीज मिलन कार्यक्रम गरिरहेका छन् ।  कार्यक्रममा लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती (वसन्त) ले गरिब जनताका लागि सरकारले सहज जीवनयापन गर्न सक्ने वैकल्पिक उपायहरू दिनुपर्ने बताएका छन् ।

सोमबार तिलोत्तमामा भएको सडक डोको, नाङ्लो स्वरोजगार महिला मजदुर तीज कार्यक्रमलाई सम्बोधन गर्दै उनले लोकतन्त्र जनताका लागि आएको भन्दै गरीबमैत्री नीतिहरूमा जोड दिन जरुरी रहेको बताए ।

स्थानीय सरकारलाई सफा र सुन्दर सहर निर्माण, कर सङ्कलन लगायत कार्यान्वयनका विषयमा चुनौतीहरू रहेको भन्दै घर्तीले स्थानीय सरकार र व्यवसायीबिच संवाद तथा समझदारीमार्फत समस्याको समाधान खोज्नुपर्ने सुझाव दिए । ‘कानुनमा देखिएका जटिलता हटाउन आवश्यक छ,’– उनले भने ।

कार्यक्रममा सहभागी व्यवसायीहरूले भने स्थानीय तहको गतिविधिप्रति असन्तोष व्यक्त गरे । सडकका डोके व्यवसायीहरूलाई नगर प्रहरीहरूले लखेट्ने, सामान लगिदिने उनीहरूको गुनासो छ । त्यो सामग्री फिर्ता लिन ५ हजार रुपैयाँ जरिवाना असुल्ने गरिएको समेत उनीहरूले दुखेसो गरे ।

कार्यक्रममा इलाका प्रहरी कार्यालय बुटवलका इन्द्र राना, लखन युवा क्लबका सुदिप केसी, व्यवसायी अगुवा इन्द्र बिक सहभागी रहेका थिए । हाल बुटवल क्षेत्रमा करिब ५ सय व्यवसायी रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?