© २०२३
काठमाडौं, ३ भदौ ।
अमेरिकी विदेश मन्त्रालयले अमेरिकी कानुन उल्लंघन तथा निर्धारित अवधिबाट बढी समय बस्ने ६ हजारभन्दा बढी विदेशी विद्यार्थीहरूको भिसा रद्द गरेको छ ।
मन्त्रालयका अनुसार भिसा रद्द गरिएका मध्ये ठूलो संख्यामा लागूपदार्थ सेवन गरी सवारी चलाउने, चोरी, र अन्य आपराधिक क्रियाकलापमा संलग्न रहेको पाइएको छ । तीमध्ये ४ हजार विद्यार्थीको भिसा सिधै कानून उल्लंघनका कारण रद्द गरिएको हो ।
त्यसैगरी, २०० देखि ३ सय भिसा आईएनए-थ्रीबी अनुसार आतंकवादसँग जोडिएको घटनाका कारण रद्द गरेको विदेश मन्त्रालयले जनाएको छ ।
यो कदम ट्रम्प प्रशासनको कडा आप्रवासी नीति अन्तर्गत आएको हो, जसअन्तर्गत विदेशी विद्यार्थीसँग पनि कडा व्यवहार गरिएको बीबीसीले जनाएको छ । ट्रम्प प्रशासनले प्यालेस्टाइनको समर्थनमा प्रदर्शन गर्ने केही विद्यार्थीविरुद्ध पनि कारवाही गरेको छ। उनीहरूमाथि यहूदीविरोधी व्यवहार गरेको आरोप लगाइएको छ ।