© 2026
बुटवल, ३ भाद्र ।
पारिवारीक नीजि वन संघ नेपाल रुपन्देही शाखाले वृहत वृक्षारोपण गरेको छ । संघको वार्षिक कार्यक्रम अन्तरगत मंगलबार देवदह नगरपालिका वडा नं. ७ स्थित देवदह खानेपानी तथा उपभोक्ता समितिको कार्यालय परिसरमा वृक्षारोपण कार्यक्रम गरेको हो ।
पर्यावरण संरक्षण र ब्यावसायिक रुपमा समेत फाईदा मिल्ने गरि वृक्षारोपण गरिएको पारिवारीक नीजि वन संघ नेपाल, रुपन्देही शाखाका अध्यक्ष विष्णु कुमार श्रेष्ठले बताए । ‘एकातिर पर्यावरणमा फाईदा दिने र अर्कोतर्फ ब्यवसायिक रुपमा काठमा आधारित उद्योगलाई कच्चा पदार्थ उपलब्ध गराउछ ।’– उनले भने । वार्षिक नेपाल हाल १० अरब रुपैयाको काठजन्य सामग्री आयात हुने हुदा पनि छिटो उत्पादन दिने गरि नीजि वनलाई सरकारबाट प्रोत्साहन दिन जरुरी रहेको उनले बताए । नेपालमा अहिले काठमा आधारित उद्योगलाई ८० प्रतिशत नीजि बन र २० प्रतिशत सामुदायिक वन तथा सरकारी वनबाट कच्चा पदार्थ प्रयोग हुदै आएको उनले बताए । सरकारले नीतिगत रुपमा नै वनलाई धितो राखेर ऋण दिने वातावरण सृजना गर्न जरुरी रहेको उनी बताउछन ।
कार्यक्रममा स्मृति सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष भरत गुरुङ, पारिवारीक नीजि वन संघ नेपाल, रुपन्देही शाखाका अध्यक्ष विष्णु कुमार श्रेष्ठ, उपाध्यक्ष गुमानसिह कुवँर, सदस्य देवानन्द पाण्डे लगायतले सितलनगर सबडिभिजन कार्यालयबाट उपलब्ध गराएको १ सय वटा टिक, १० वटा अन्जिरका हाईब्रिड बिरुवाहरु वृक्षारोपण गरे ।
कार्यक्रममा स्मृति सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष भरत गुरुङले संयुक्त कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता जनाए । हाल जिल्लामा ६० जना सदस्यहरु आवद्ध छन ।