© २०२३
हजार शब्दले वर्णन गर्न नसक्ने कुरा एउटा फोटोले व्यक्त गर्दछ । हो पनि फोटोमा त्यो शक्ति छ– जसले शब्दहरूले भन्न नसक्ने कुरा फोटोले व्यक्त गरिरहेको हुन्छ । पछिल्लो समय फोटोग्राफीको महत्त्व अझै बढेर गएको छ ।
पहिले फोटो खिच्ने फोटोग्राफरलाई हेयको दृष्टिले हेर्ने परम्परा थियो तर अहिले त्यसमा परिवर्तन आएको छ । हेयको फोटोग्राफी पेसाले सम्मान पाउँदै गएको छ । यो खुसीको कुरा हो । विडम्बना यही पेसामा लागेर बाँच्ने अवस्था भने अहिले पनि वनेको छैन । यही क्रममा यो वर्ष पनि फोटोग्राफी दिवस आज मनाईदै छ । हरेक वर्षको अगस्ट १९ तारिखको दिनमा यो दिवस मनाउने गरिन्छ ।
नेपालमा पनि आज यो दिवस मनाउने महत्त्वपूर्ण दिन परेको छ । फोटोग्राफीको महत्त्व दर्साउन यो दिवसले निकै ठुलो सहयोग पु¥याएको छ । त्यसो तत अझै पनि फोटोग्राफीप्रति आम मानिसहरूको धारणा सकारात्मक बन्न सकेको छैन ।
फोटो खिच्ने काम र पेसालाई सानो काम भनेर तुच्छ बनाउने गरिएको छ । फोटोग्राफीको इतिहास बुझाउन, यसमा रुचि राख्ने मानिसहरूलाई प्रोत्साहन गर्न र व्यावसायिक रूपमा फोटोग्राफी गरेर बसिरहेका मानिसहरूको सम्मान गर्न विश्व फोटोग्राफी दिवस मनाइन्छ ।
आजको दिन विश्वभरका फोटोग्राफरहरूले खिचेका ऐतिहासिक र उत्कृष्ट फोटोहरू प्रतिस्पर्धामा राख्ने प्रचलन पनि रहेको छ । पछिलोसमय हात हातमा मोबाइल फोनले गर्दा फोटोग्राफीको भूमिका र यसको लोकप्रियता वृद्धिमा सहयोग पुगेको छ ।
आजको युग डिजिटल युगमा परिणत भइसकेकोले फोटोग्राफीमा पनि ठुलो परिवर्तन आएको छ । यद्यपि नेपालमा फोटोग्राफीको महत्त्व अझै जनजनमा पुग्न सकेको छैन । यद्यपि विश्वमा भने यसको महत्त्व निकै ठुलो र व्यापक छ ।
पछिल्लो समय फोटोग्राफीप्रति रुचि हुनेहरूको सङ्ख्या बढ्दै गएको छ तर विविध कठिनाइका कारण यसलाई जीवन निर्वाहको माध्यम बनाउन भने चुनौती छ । डिजिटल युगले फोटोग्राफी पेसालाई जीवन माध्यमको सहारा बनाउन गाह्रो छ ।
किनभने हात हातमा सुविधा सम्पन्न मोबाइलका कारण हरेक नागरिक आफै फोटोग्राफर बनिसकेका छन् । अर्को चुनौतीको कुरा के हो भने फोटोग्राफीमा लागेका फोटोग्राफरहरूको जीवन यो पेसाले सुरक्षित गर्न सकेको छैन ।
यद्यपि अहिले पनि नागरिकता, पासपोर्ट लगायतका सरकारी काम काजमा अटो र पासपोर्ट साइजको फोटो आवश्यक पर्ने हुँदा फोटो स्टुडियोको लोकप्रियतामा कमी भएको छैन । तर पनि यो पेसाप्रति आत्मनिर्भर बन्न सक्ने अवस्था अहिलेसम्म भैसकेको छैन । यद्यपि पहिले हेयको पेशा अहिले आत्मसम्मानको रूपमा स्थापित हुन थालेको छ ।
त्यसमाथि पछिल्लो समय फोटो खिच्नकै लागि स्टुडियोमा जानु नपर्ने अवस्थाले फोटोग्राफी जोखिममा परेको छ । जसका कारण यो पेशा लोप हुने हो कि भन्ने चिन्ता पनि छ । एक सेकेण्डमा मोबाईलबाट खिचेको फोटो वा तस्वीर इण्टरनेटको माध्यमबाट विश्वभर पुग्ने अवस्था सिर्जना भएको छ ।
फोटोग्राफी आधुनिक बन्दै गएको अवस्था छ । तर यसको विकास हुँदै गर्दा विगतमा फोटोग्राफीको साख जोगाएको रिल क्यामराको योगदानलाई पनि अहिले स्मरण गर्नैपर्दछ । रिलभन्दा अगाडीपनि क्यामराको काम भएको थियो । त्यसबेला सूर्यको किरणबाट फोटो निकाल्ने गरिन्थ्यो । विश्व फोटोग्राफीको इतिहास करिव दुईसय बर्षभन्दा पुरानो छ ।
संसारमा सबैभन्दा पहिलो तस्वीर सन् १८२६ मा फ्रान्समा खिचिएको थियो । त्यसबेला जोसेफ नाइस्फ र नाइप्सीले हेलियोग्राफीको सहायताबाट पहिलो तस्वीर खिचेका थिए । तसर्थ यो दिवस मनाईरहँदा उनलाई सम्झिएन भने ठुलो अन्याय हुन्छ । त्यतिबेला बोलेर व्यक्त गर्न नसकिने कुरा तस्वीरको माध्यमबाट प्रस्फुटन हुन्थ्यो ।
तस्वीर पनि अभिव्यक्तिको महत्त्वपूर्ण माध्यम हो । फोटोग्राफीको माध्यमले थुप्रै अब्यक्त कुरा व्यक्त गर्न मद्दत पु¥याएको छ । फोटोग्राफी प्रेस तथा अभिब्यक्ति स्वतन्त्रताको अभिन्न अंग हो । विश्व फोटोग्राफी दिवसको शुभकामना ।