© २०२३
काठमाडौं, ३ भदौ ।
गाजा क्षेत्रमा जारी द्वन्द्व रोक्ने र इजरायली बन्धकहरूको रिहाइ सुनिश्चित गर्ने उद्देश्यले तयार पारिएको नयाँ प्रस्तावमा प्यालेस्टिनी सशस्त्र समूह हमासले सहमति जनाएको छ ।
प्यालेस्टिनी समूहको एक स्रोतले बीबीसीसँग कुरा गर्दै उक्त जानकारी पुष्टि गरेका छन् । इजिप्ट र कतारको पहलमा तयार पारिएको यो प्रस्ताव अमेरिकी राजदूत स्टिभ विटकफले जुन महिनामा प्रस्तुत गरेको प्रारम्भिक रूपरेखामा आधारित रहेको बताइएको छ ।
प्रस्तावअनुसार प्रारम्भिक चरणमा ६० दिनको युद्धविराम लागू गरिनेछ । त्यसपछिको चरणमा हमासले बाँकी ५० जना इजरायली बन्धकहरूलाई दुई चरणमा रिहा गर्नेछ । तीमध्ये करिब २० जना बन्धक जीवित रहेको अनुमान गरिएको छ ।
योजना सफल भएमा स्थायी युद्धविरामका लागि थप वार्ता अघि बढाइनेछ।
यद्यपि,इजरायलको प्रतिक्रिया अहिलेसम्म आएको छैन । गत हप्ता,इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले भनेका थिए सबै बन्धकहरूलाई एकैचोटि रिहा गरियो भने देशले कुनै पनि सम्झौता स्वीकार गर्नेछ ।